nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सापकोटाको सपना साकार

chitlang-jane-1508208279.JPG

परिवार समाज तथा कला र गलाले साथ दिएको रुपचन्द्र सापकोटा स्थानीय लोक गाएकको रुपमा चिनिन सफल भएका छन् । थाहा ३ शिखरकोट निवासी सापकोटा सानै उमेर देखि मादल बजेको सुन्न साथ गित गाउने सोचमा साझ बिहान केही नभनी खुशीले बुर्लुक्क उफ्रेर नाचगान भएको ठाउँसम्म पुग्थे । कलाको अभिरुची बोकेका रुपचन्द्र सापकोटा १० बर्षे बाल्यकालदेखि पलाएको रहरमा पुग्न सफल भएको बताउछन् ।

उनलाई मदलको धुन र लोकदोहोरी गीत  साह्रै मन पर्छ । लोकदोहोरी गीत र लयलाई बुझ्ने अनि गाउने कोशिस सानै उमेरदेखि रहेको तथा मन्त्रमुग्ध भएर गीत सुन्ने र रमाईलो महशुस गर्ने गरेको बताए ।  पेसाले सापकोटा कृषि काम गर्छन् । बिस्तारै लोकदोहोरी गीत आफैले गाउने तथा जुहारी गाउँदै जाने क्रममा उनी साच्चै गिताङ्गे बने । उनी लोकदोहोरी मा मादल बजाउन पनि खप्पिस छन् ।

समयले गर्ने कुरा हो, यसरी  झयाउरे तथा लोकदोहोरी गीत गाउने क्रममा हरेक गाउँमा बिहे वर्तबन्ध शुभकार्य हुँदा सपकोटालाई नै बोलाउने  गर्थे र आफनो घरको शुभकार्य अझ धेरै मनमोहक र रमाइलो बनाउँथे । सापकोटा पनि के कम, जुन गाउँका महिलाहरुसंग पनि दाँजिएर गीत गाउँथे । यसरी ४५ वर्र्षीय सापकोटा साँच्चै सवैको गिताङ्गे बने । गाउ टोल छरछिमेकका रत्योैली भाकाका गीत तथा मादलको तालको जुनसुकै लोकदोहोरीमा पनि पुगेकै हुन्थे । 
एकपटक रुपचन्द्र सापकोटालाई हेटौडादेखि गीत गाउने निम्तो जु¥यो । हेटौडा  बुद्धचोकको एक घरमा नारायण पुजा लगाउने क्रममा सापकोटालाई सम्झिएर लोकदोहोरी गीत गाउने निम्तो आएको थियो । त्यो अवसरमा चितवनको रोयल दोहोरी साँझका प्रोपाईटरको ध्यान सापकोटामा प¥यो । उनले २ हजार बकससहित दोहोरी साँझमा काम गर्ने अवसर प्राप्त गरे । घरपरिवार टाढा तथा काम गर्र्दैे जाँदा पाएको तलब कम भएको महशुुस गरि दोहोरी साँझको कामलाई त्यागेर घर आए सापकोटा । सापकोटाले जिवनमा पहिलो चोटि दोहोरी साझमा जागिर खाएका थिए ।  गाउमा आएर पनि गायन जारी राखे । हरेक ठाउको शुभकार्यको निम्तोमा गीत गाउँदा उनले पारिश्रमिक पाउँथे ।  

घर समाजबाट पाएको प्रेरणको आधारमा सापकोटाले एलवम नै निकाल्ने निधो गरे । न कुनै गीत तथा साङ्गीतको कक्षा, न कुनै गुरु । उनले आफनै ईच्छालाई साकार परे २०७३ सालमा । राधिका हमालको स्टुडियोबाट लोकदोहोरी गीत ‘झिम्क्याउ परेली’ गीत रेकर्ड गराए । युटुवमा राखिएको उनको यो गीत हालसम्म २३ हजार ८ सय १० जनाले हेरेका छन् ।  महिलामा लोकदोहोरी गायिका राधिका हमालको स्वररहेको यो गीतको लय तथा शब्द सापकोटाको नै रहेको छ । 

यसरी सापकोटा अहिले स्थानीय लोक कलाकारको रुपमा परिचित बन्न सफल भएका छन् । हालै सापकोटाले चर्चित गायिका कोमल ओलीसंग मिलेर आफनै स्वर तथा लयमा ‘चित्लाङ जाने रोड’ गीत सार्वजनिक गरेका छन् । यसरी सापकोटाले अब लोकदोहोरी गीत नै गाएर समाजमा लोक गायक बन्ने सपना बोकेका छन् । अब छिटै लोकदोहोरी गायिका चन्दा अर्याल संगको स्वरमा लोकदोहोरी गीत बजारमा ल्याउने तयारी रहेको उनले बताए ।

-उमेश लामा/थाहानगर



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)