Tuesday, 29th September, 2026
वि.स.

बिदेसिएका श्रमिकको अवस्थाबारे विवरण पेस गर्न मेनपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागको निर्देशन

baideshik-rojgar-bivag-ba-1790574661.jpg

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले इजाजत पत्र प्राप्त संस्था (मेनपावर) हरूलाई वैदेशिक रोजगारीमा पठाइएका नेपाली श्रमिकहरूको अवस्थासम्बन्धी प्रगति विवरण बुझाउन कडा निर्देशन दिएको छ। 

विभागले असोज १ गते सूचना जारी गर्दै २०८३ असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा अनिवार्य रूपमा उक्त विवरण उपलब्ध गराउन भनेको छ। 

विभागको पूर्व सूचना तथा निर्णय बमोजिम प्रत्येक तीन–तीन महिनामा आफूले पठाएका श्रमिकहरूको अवस्थाबारे प्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, हित र सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको विभागले जनाएको छ। 

यसका साथै इजाजत पत्र प्राप्त संस्थाले आफ्नामार्फत उडान गरेका श्रमिकहरूको नियमित विवरण समेत सङ्कलन गरी पेस गर्नुपर्नेछ। श्रमिकहरू सुरक्षित रूपमा गन्तव्य मुलुक पुगे वा नपुगेको विषयमा उडान भएको १५ दिनभित्र अनिवार्य रूपमा जानकारी लिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौता बमोजिमको काम, तोकिएको तलब र अन्य सेवा(सुविधा श्रमिकले पाए वा नपाएको विषयमा प्रत्यक्ष सम्पर्क गरी विवरण तयार पार्नुपर्नेछ। 

सङ्कलित विवरण श्रमिकको उडान भएको २० दिनभित्र विभागको संस्था अनुगमन शाखाको इमेल monitoring@dofe.gov.np मार्फत अनिवार्य रूपमा बुझाउनुपर्नेछ। यस निर्देशनको पालना नगर्ने वा श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजत पत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif