Tuesday, 29th September, 2026
वि.स.

दुबईमा अब राहदानी लिन महावाणिज्यदूतावास धाउन नपर्ने

Capture-1790585791.JPG

यूएईमा रहेका नेपालीले नयाँ राहदानी लिन अब अनिवार्य रूपमा नेपाली महावाणिज्यदूतावास, दुबई पुग्नुपर्ने भएको छैन। महावाणिज्यदूतावासले Emirates Post मार्फत राहदानी आवेदकको ठेगानामै डेलिभरी गर्ने व्यवस्था गरेको छ।

महावाणिज्यदूतावासले २०८३ असोज ९ गते जारी गरेको सूचनाअनुसार बायोमेट्रिक दिने समयमा नै राहदानी डेलिभरी फाराम भरेर यो सुविधा लिन सकिनेछ। नयाँ राहदानी तयार भएपछि महावाणिज्यदूतावासले Emirates Post लाई हस्तान्तरण गर्ने र हुलाकले आवेदकले उपलब्ध गराएको ठेगानामा राहदानी पुर्‍याउनेछ।

यसका लागि डेलिभरी शुल्क १५ दिराम र VAT सहित १५.७५ दिराम लाग्नेछ। शुल्क राहदानी आवेदन शुल्कभन्दा अलग हो। यो सेवा स्वैच्छिक रहेको महावाणिज्यदूतावासले जनाएको छ। राहदानी लिन आफैं महावाणिज्यदूतावास जान चाहने सेवाग्राहीले कार्यालयबाटै लिन सक्नेछन्।

विशेषगरी दुबईभन्दा टाढा रहेका नेपालीलाई राहदानी लिनकै लागि यात्रा गर्नुपर्ने, कामबाट बिदा लिनुपर्ने र समय खर्च हुने समस्या कम हुने अपेक्षा गरिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif