Wednesday, 7th October, 2026
वि.स.

थाहा पोलिक्लिनिकमा छाला तथा सौन्दर्य सम्बन्धी विशेष स्वास्थ्य शिविर आयोजना हुँदै

Webp.net-compress-image-5-1791301846.jpg

मकवानपुरकाे थाहा नगरपालिका–३, शिखरकोटस्थित थाहा पोलिक्लिनिकमा छाला तथा सौन्दर्य सम्बन्धी समस्याहरूको उपचार तथा परामर्शका लागि विशेष स्वास्थ्य क्लिनिक सञ्चालन हुने भएको छ ।  

उक्त क्लिनिकमा वीर अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ (Dermatologist) डा. गोमा धामी (NMC No: 15724) द्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिनेछ ।  

​शिविरमा छाला, कपाल र सौन्दर्य सम्बन्धी विभिन्न समस्याहरूको आधुनिक विधिबाट उपचार सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।  

​उपलब्ध हुने प्रमुख सेवाहरू:  

  • ​छाला चिलाउने सम्बन्धी समस्याको उपचार  
  • ​मुसा, कोठी तथा दाग हटाउने सेवा  
  • ​चायाँ र पोतोको उपचार (मेडीपील)  
  • ​कपाल, नङ तथा छाला सम्बन्धी विस्तृत परीक्षण  
  • ​छालामा आएका गाँठागुठी र क्यान्सर सम्बन्धी परीक्षण तथा उपचार  
  • ​पीआरपी (PRP) र माइक्रोनिडलिङ्ग (Microneedling) प्रविधि  
  • ​चाउरीपन सम्बन्धी उपचार (BOTOX)  
  • ​कपाल प्रत्यारोपण सम्बन्धी विशेषज्ञ परामर्श  

​कार्यक्रम तालिका तथा सम्पर्क विवरण:  

  • ​मिति: २०८३ साल असोज २४ गते शनिबार  
  • ​समय: बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म  
  • ​स्थान: थाहा पोलिक्लिनिक, थाहा–३, शिखरकोट  
  • ​सम्पर्क नं.: ९८५५०७२१६९  

​छाला तथा सौन्दर्य सम्बन्धी समस्या भएका सम्पूर्ण सेवाग्राहीहरूलाई समयमै उपस्थित भई यस सेवाको लाभ लिन पोलिक्लिनिकले अनुरोध गरेको छ ।