Wednesday, 16th September, 2026
वि.स.

थाहानगरबाट लगिएका तरकारी विषादी परीक्षणमा ‘उपभोग योग्य’

Untitled-design-(8)-1789545130.png

थाहा नगरपालिकाबाट उत्पादित तरकारी विषादी अवशेष परीक्षणमा ‘उपभोग योग्य’ पाइएको छ।

केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले विभिन्न जिल्लाबाट संकलन गरिएका तरकारी तथा फलफूलका १० नमुना परीक्षण गर्दा सबै नमुना उपभोग योग्य पाइएको जनाएको छ।

परीक्षण गरिएका नमुनामा मकवानपुरको काउली र गोलभेडा समेत छन्। मकवानपुरको तरकारी उत्पादनमा थाहानगर प्रमुख क्षेत्र भएकाले यहाँबाट बजारमा जाने कृषि उपज पनि परीक्षणमा सुरक्षित देखिएको हो।

प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष परीक्षण गरेको थियो। परीक्षण गरिएका सबै नमुनामा विषादीको अवशेष उपभोगका लागि तोकिएको सीमाभन्दा कम पाइएको प्रतिवेदनमा उल्लेख छ।

प्रयोगशालाको वर्गीकरणअनुसार विषादी अवशेष ३५ प्रतिशतभन्दा कम भए ‘उपभोग योग्य’, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन पर्खनुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif