Tuesday, 6th October, 2026
वि.स.

थाहानगरका उपप्रमुख भरत गोपालीलाई अन्तर्राष्ट्रिय अवार्ड

FB_IMG_1791296686113-1791297010.jpg

थाहा नगरपालिकाको धार्मिक तथा आध्यात्मिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानमा योगदान पुर्‍याएबापत थाहानगर उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।

गोपालीलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा अवार्ड प्रदान गरिएको हो। जीवन विज्ञान, स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए । सोही समारोहमा डा. राउतको हातबाट गोपालीले अवार्ड ग्रहण गरे ।

अन्तर्राष्ट्रिय सम्मानले धार्मिक तथा आध्यात्मिक पर्यटनका क्षेत्रमा थप सक्रिय भएर काम गर्न आफूलाई प्रेरणा मिलेको गोपालीले बताए । थाहा नगरका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आफूले निरन्तर काम गर्दै आएको उनको भनाइ छ ।

स्थानीय धार्मिक तथा आध्यात्मिक महत्वका क्षेत्रको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारमार्फत पर्यटन विकासमा योगदान पुर्‍याउने प्रयासलाई सम्मानले थप हौसला दिएको उनले बताए ।

प्राकृतिक सौन्दर्यसँगै धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटनको सम्भावना बोकेको थाहा नगरपालिकामा विभिन्न धार्मिकस्थल, मठमन्दिर, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्य रहेका छन् । गोपालीको सम्मानले यी क्षेत्रको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०