nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको अवलोकन गर्दै चलचित्रकर्मीले भने–छायाँकनका लागि थाहा उपयुक्त, हामी यहीँ छायाँकन गर्छौ 

fv1-1701340276.jpg

‘पर्यटनको लागि फिल्म’ भन्ने मुल नाराको साथ थाहा कला केन्द्रको आयोजनामा  संचालित थाहा फ्लिम फेस्टिभलमा ९मंसिरदेखि नै चलचित्रकर्मी र अवलोकन कर्ताको घुइँचो छ । गज्जबको कुरा त फ्लिम फेस्टिभल अवधिभर प्रदर्शन भएका सबै चलचित्र, लघु चलचित्र र वृत्तचित्रमा चलचित्रको प्रोडुसर, निर्देशक तथा अन्य कलाकार र दर्शक एकैठाउँ रहेका छन् ।

सप्ताहव्यापी रुपमा ९मंसिरदेखि १५ मंसिर सम्म चलिरहेको थाहा फिल्म फेस्टिभलमा नेपाली कथानक चलचित्र बुलबुल, राधा, प्रकाश, डेशान, ऐना झ्यालको पुतली, आमाखाण्डो लगायत नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरु प्रदर्शन भइरहेको छ ।

यही शिलशिलामा थाहा नगर आएका चलचित्रकर्मीलाई आयोजकले थाहा नगरपालिकाको पर्यटकिय स्थानहरुको अवलोकन भ्रमण गराएको छ । अवलोकन पश्चात चर्चित लघु चलचित्र ‘जुनुको जुत्ता’का निर्देशक केदार श्रेष्ठले अब बन्ने आफ्नो चलचित्रको लागि थाहा नगर उपयुक्त स्थान रहेको बताए । प्रोडक्सन डिजाइनर राम खड्का र साउन्ड डिजाइनर बिपिन स्थापितले आफ्नो छायांकनको लागि तयारी अवस्थामा रहेको चलचित्र थाहा नगरको सिमभञ्ज्याङ र आग्रामा गर्न उपयुक्त स्थान छनोट गरेको र सोही स्थानमा आफ्नो चलचित्र छायांकन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । त्यस्तै चलचित्र विश्लेषक तथा चलचित्र पत्रकार समर्पण श्री ले यस्ता ठाउँमा बन्ने चलचित्रको कथावस्तुले दर्शकमा आनन्द र धैर्यता प्रदान गर्ने हुँदा थाहा नगरपालिका चलचित्र छायांकनको लागि उपयुक्त स्थान रहेको बताए ।

थाहा फ्लिम फेस्टिभलको उद्घाटन सत्रको पहिलो दिन–थाहा नगरपालिकाको पर्यटन वृत्तचित्र, दोस्रो दिन–बुलबुल, सेनाको चेली, म अलप हुन चाहन्छु, तेस्रो दिन– ऐना झ्यालको पुतली, युद्दको बाछिटा, चौँथो दिन–प्रकाश, जुनुको जुत्ता, जालगेडी, सनाई, पाँचौ दिन–डेशान र छैठौं दिन–राधा र अन्य लघु चलचित्र तथा वृत्तचित्रहरु प्रदर्शन गरिएको छ । 

सातौं अर्थात् अन्तिम दिन पुनः डेशान चलचित्र प्रदर्शन गर्ने र समापन सत्र रहने फेस्टिभल आयोजक समितिका उप– संयोजक राजिव स्याङ्तानले बताए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)