nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टभलकाे उद्घाटन आज, २ दर्जन पेजबाट प्रत्यक्ष प्रशारण हुने

tt-1700318635-1700883443.jpg

मकवानपुरमा पहिलाे पटक आयाेजना हुन लाागेकाे राष्ट्रिय स्तरकाे थाहा फिल्म फेस्टिभलकाे आज ९ मंसिरमा उद्घााटन हुने भएका छन् । बागमती प्रदेश सरकारकाे उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे कार्यक्रम संयाेजक प्रमाेद जाेशीले जानकारी दिए ।

उद्घाटनमा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, कार्यालय प्रमुख, संघसंस्था, बैंक, सहकारी, विद्यालय, कलाकार, चलचित्रकर्मी, पत्रकार लगायतकाे उपस्थिति रहने आयाेजकले जनाएकाे छ ।

जेसीज हलमा हुने उद्घाटन कार्यक्रमकाे डिजिटल डिस्प्ले गर्नुका साथै करिव दुई दर्जन फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयाेजक थाहा कला केन्द्रका निर्देशक सानाेबाबु माेक्तानले जानकारी दिए । प्रत्यक्ष प्रशारणकाे जिम्मेवारी पशुपति मुभिज प्रालिले लिएकाे छ ।

थाहा टाइम्स, पालिका प्रेस, थाहा पाटी, थाहा एक्सप्रेस लगायत पेजहरुबाट प्रत्यक्ष प्रशारण गरिने आयाेजकले जनाएकाे छ ।

कार्यक्रम उपसंयाेजक राजीवकुमार स्याङ्तानका अनुसार थाहा नगरपालिकाकाे पर्यटकीय क्षेत्रहरु समेटिएको वृत्तचित्र आजै प्रदर्शन गर्ने कार्यक्रम रहेकाे छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)