nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिभल : आज बुलबुल, जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट र आइरन डिगर

bubul-film-1700956037.jpg

थाहानगरमा ९ मंसिरबाट शुरु भएको थाहा फिल्म फेस्टिभलको दोस्रो दिन आज १० मंसिरमा नेपाली कथानक चलचित्र बुलबुल प्रदर्शन गरिने भएको छ । 
आज जेसीज हलमा नेपाली कथानक चलचित्र बुलबुलसहित ३ वटा लघुचलचित्र र वृत्तचित्र देखाइने कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

आयोजक थाहा कला केन्द्रका अनुसार फेस्टिभल अवधिभर जेसीज हलमा फिल्म हेर्न पैसा लाग्दैन । 

आजको कार्यक्रम 

  • ११ बजेदेखि १ बजेसम्म बुलबुल
  • १ बजेदेखि ३ बजेसम्म जुनको, कन्फ्युजन, बेर ट्रिज इन द मिस्ट
  • ३ बजेपछि आइरन डिगर

चलचित्र ‘बुलबुल’ 
नेपाली कथानक चलचित्र ‘बुलबुल’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा बेस्ट राष्ट्रिय फिल्म’ अवार्ड हात पारेको चलचित्र हो । पाँच विधामा अवार्ड पाएको चलचित्रको बेस्ट डाइरेक्टर÷बेस्ट स्क्रिन राइटर विनोद पौडेल, बेस्ट लिडिङ एक्टर स्वस्तिमा खड्का र बेस्ट को–एक्टर लक्ष्मी बर्देवा घोषित भएका थिए । 

बुलबुल’ लाई ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस गरिएको थियो । 

चलचित्र‘बुलबुल’ ले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा नायिका खड्का, मुकुन भुषाल , वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

चलचित्र पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर बनाएका हुन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रका निर्देशक विनोद पौडेल हुन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)