nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टेलिफिल्म नलेखिएको कथाको उपमेयर भरत गोपाली द्वारा मुहुर्त

bh1-1709222375.jpg

निर्देशक प्रभाकर देव शर्माको निर्देशनमा निर्माण हुन लागेको टेलिफिल्म नलेखिएको कथाको बिहीवार थाहा नगरपालिकाको डाँडा घरे बा को होमस्टे फाँटबजारमा मुहूर्त गरिएको छ । पूजाआजासहित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गर्न्नुभएको मुहूर्तमा फिल्मका प्रमुख कलाकार अशोक शिवाकोटी र मन्जु श्रेष्ठले मुहूर्त सट दिनुभएको हो । 
हिल्स होम थियटर एण्ड प्रोडक्सन हाउसको  ब्यानरमा निर्माण हुने टेलिफिल्मको छायाङ्कन थाहा नगरको डाडाघरे बाको होमस्टे वरपर हुनेछ । धाराबाहिक चलचित्र नलेखिएको कथामा असोक सिवाकोटी,स्नेहा क्षेत्री,राजन थापा,मन्जु श्रेष्ठ,राजकुमार ब्लोन लगायतका स्थानीय कलाकारहरुको  अभिनय रहने निर्माण टिमले जनाएको छ । 
टेलिचलचित्र नलेखिएको कथामा जातिय छुवाछूतको कथा रहेको निर्देशक प्रभाकर देव शर्माले जानकारी दिए।

टेलिफिल्ममा राजन थापाको कथा लेखन,ओम आवस्थीको छायाङ्कन,रुपा मानन्धरको श्रिङ्गार तथा रविन्द्र कुमार शाहीको मुख्य सहायक निर्देशन रहनेछ ।
२ न वडा प्रतिनिधि युवराज बिष्टको अध्यक्षता तथा थाहा नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मुहुर्त समारोहमा वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तान, थाहा फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशी,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान,बलिदान लामा लगायतकाले शुभकामना दिएका थिए भने समारोहमा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने,रोजगार संयोजक कुमार नेगी, सूचना अधिकृत सुरजकुमार भुजेल,थाहा फिल्म फेस्टिबलका सह संयोजक राजिव कुमार स्याङ्तान,लगायतका उपस्तिथिती रहेको थियो।
मुहुर्त समारोहमा शुभकामना दिदै उपप्रमुख भरत गोपालीले थाहा नगर चलचित्र छायांकन गर्नको लागि उपयुक्त स्थल छनौट गर्नुभएकोले फिल्मकर्मी हरुलाई धन्यवाद दिदै फिल्मकर्मी हरुको आगमनले नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। 
टेलीफिल्म नलेखिएको कथाको १० भाग यहीँ छायांकन गरिने र अन्य चलचित्रकर्मी लाई पनि थाहा नगर चलचित्र छायांकनको उपयुक्त स्थल भएको शन्देश प्रवाह गर्ने चलचित्रका निर्देशक तथा कलाकार प्रभाकर देव शर्माले बताए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)