Sunday, 9th February, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

अभिनेता सलोन बस्नेत चलचित्र निर्माणमा, ‘रंगी’को छायाँकन सुरु

salon-movie-Rangi-1024x59-1729755730.jpg

अभिनेता सलोन बस्नेत पनि चलचित्र निर्माणमा उत्रिएका छन् । आफ्नो आफ्नो प्रस्तुतिमा नयाँ चलचित्र ‘रंगी’को छायाँकन मँगलबारबाट सुरु गरेका हुन् ।

रेष्टुरेन्ट व्यबसायसमेत सञ्चालन गर्दै आएका सलोनले आफु चलचित्र क्षेत्रमै भएका कारण अभिनयसँगै यसलाई ब्यबसायिक रुपमा पनि अघि बढाउने योजना रहेको राजधानीलाई बताए । सोही योजना अनुसार निर्माताको रुपमा चलत्रि रंगीमा आफु प्रस्तुत भएको उनको कथन छ ।

यो चलचित्रमा उनी आफैं शिर्ष भूमिकामा छन् । चलचित्रको स्कृप्ट निकै राम्रो लागेकाले चलचित्रमा लगानी गर्न तयार भएको पनि सलोनले जिकिर गरे । यो चलचित्रमा सलोनसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहनेछ । यो चलचित्रको छायाँकन ३० दिनमा सक्ने लक्ष्य रहेको पनि सलोनले बताए ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भईरहेको चलचित्र रंगीलाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन् । उनको यो पहिलो निर्देशन हो । ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशन गरिसकेका न्यौपानेलाई सलोनले नै यो चलचित्रमा निर्देशकमा अनुबन्धि गरेका रहेछन् ।

सक्षम सुवेदीको निर्माण रहने रंगीमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी एवम् केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाईन रहने छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०