Saturday, 15th August, 2026
वि.स.

बाबु-छोरीको कथामा ‘रंगी’ बनाउँदै सलोन !

rangiii-1725870649.png

सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको डेब्यू निर्देशन रहने छ।

निर्देशक न्यौपानेसँग फिल्म छक्का पन्जा, ए मेरो हजुर-२, यात्रा, म यस्तो गीत गाउँछु-२ लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ, जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्तहुँदै गरेको देखाइएको छ । फिल्मले बाबु-छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदी निर्माता रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif