Sunday, 16th August, 2026
वि.स.

चित्लाङबाट १२ वर्षपछि सुटिङमा फर्किए निरुता र उत्तम

niruta-1727243832.jpg

निरुता सिंह र उत्तम प्रधान १२ वर्षपछि सुटिङ सेटमा फर्किएका छन् । उनीहरुको अभिनय रहेको म्युजिक भिडियोको छायांकन मकवानपुरको चित्लाङमा गरिएको छ ।‘यो जुनी यस्तै भो’ बोलको गीतको भिडियोमा यी दुई कलाकारले दम्पतीको भूमिका निर्वाह गरेका छन् । बबी लिम्बू सुब्बाको शब्द, हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको गीतलाई दशैं छेकोमा रिलिज गर्ने तयारी छ । यो गीतको भिडियोको छायांकनका लागि निरुता र उत्तम सिक्किमबाट नेपाल आएका हुन् ।

छायांकनपछि उत्तम फर्किसकेका छन् भने निरुता काठमाडौंमा छिन् । निरुता आइतबार बेलुका बानेश्वरको वान सिनेमाज हलमा आयोजित फिल्म ‘खुस्मा’को विशेष प्रदर्शनमा पनि सहभागी थिइन् । जहाँ उनले यो म्युजिक भिडियोमा उत्तमसँगको लामो समयपछिको सहकार्य राम्रो भएको र आफूहरु चाँडै फिचर फिल्म लिएर फर्किने तयारीमा रहेको बताएकी थिइन् । सम्भवतः तिहारपछि सुरु हुने यो फिल्मलाई उत्तमले निर्देशन गर्ने कुरा छ ।

निरुता र उत्तमले दर्पणछायाँ, लहना र उपहार जस्ता फिल्ममा सहकार्य गरेका छन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०