Sunday, 16th August, 2026
वि.स.

चित्लाङ आइपुग्यो "ज्वाइँ साब"काे सुटिङ टाेली, २० दिन बस्ने

jwai_sab_rT6uSCGcxj-1717144239.jpg

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु भएको छ। शुक्रबार बिहान मकवानपुरको चित्लाङमा भैरव मन्दिरमा पूजा गर्दै सुटिङ थालिएको हो।

वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, दीपक आचार्य, शिवु पाण्डेलगायतले अभिनय गर्ने छन्।

चित्लाङमा यो फिल्मको सुटिङ २० दिनसम्म गरिनेछ। त्यसपछि सौराहा र इलाममा सुटिङ गर्ने योजना छ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यस फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ। सविन अधिकारीको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धितालले लेखेका हुन्।फिल्म रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्म्सको ब्यानरमा बन्न लागेको हो।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्म आगामी वर्षको तिहारमा रिलिज गर्ने योजना छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०