Tuesday, 29th September, 2026
वि.स.

‘रिटर्नी’को सीप विकास तालिम पहिचान गरिने

Bairo-Board-1787301451-1790574227.jpg

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक (रिटर्नी) हरुका लागि आवश्यक सीप विकास तालिमको पहिचान गर्ने भएको छ।

यसका लागि वैदेशिक रोजगार बोर्डले रिटर्नीहरुले के गर्न चाहन्छन् भन्ने विवरण संकलन गर्न अनलाइन फाराम भर्न अनुरोध गरेको छ।
 
यस कार्यक्रममार्फत रोजगारीबाट फर्किएका श्रमिकको ज्ञान, सीप र क्षमतालाई स्वदेशी श्रमबजारसँग जोड्नका लागि वैदेशिक रोजगारीमा रहँदा सिकेको सीप र क्षमतालाई तालिम प्रदायक संस्थाहरुमार्फत स्तरीकरण गरिने बोर्डले जनाएको छ। त्यस्ता श्रमिकलाई उत्पादनशील स्वरोजगार बनाइने तथा रोजगारीका अवसर सिर्जना गरिने बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले जारी गरेको सूचनामा भनिएको छ।

यस कार्यक्रममार्फत युवाहरुले आर्जन गरेको पुँजी, प्रविधि, सीप र अनुभवलाई मुलुकको विकासमा उपयोग गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। यसमा संलग्न हुन इच्छुकहरुले आगामी असोज २१ गतेसम्म गुगल फाराममा मागिएको विवरण भर्न बोर्डले अनुरोध गरेको छ।

फाराममा व्यक्तिको नाम, ठेगाना, उमेर, विदेशमा गरेको काम, स्वदेशमै व्यवसाय गर्न इच्छुक भए नभएको, सिक्न चाहेको सीप लगायतका विवरण मागिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif