Tuesday, 14th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भौतिक स्वरूपमा चुनाव चिह्न प्रयोगमा रोक

election-commission-1-1771826432.jpg

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य प्रकृतिका सामग्रीबाट बनेका भौतिक स्वरूपमा चुनाव चिह्न प्रयोगमा रोक लगाएको छ ।

विशेष गरी रास्वपाका उम्मेदवार तथा कार्यकर्ताले भौतिक रूपमै ‘घण्टी’ बोकेको विषयमा राप्रपपालगायतका दलहरूले ध्वनि प्रदूषण भएको भन्दै आपत्ति जनाएका थिए ।

आयोगद्वारा जारी विज्ञप्तिमा उम्मेदवार तथा राजनीतिक दलहरूले प्रचारप्रसारको क्रममा भौतिक चुनाव चिह्न साथमै बोकेर हिँड्दा शान्तिमा प्रतिकूल असर परेको र सुरक्षा जोखिम बढेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएको जनाएको छ ।

प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा आयोगले दल वा उम्मेदवारले आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा कपडा, तुल, फ्लेक्स वा कागजमा छापी ९प्रिन्ट गरी० तोकिएको मापदण्ड बमोजिम मात्र गर्न सक्ने स्पष्ट पारेको छ।

निर्देशन विपरीत धातु, काठ लगायतका भौतिक सामग्रीबाट बनेका चुनाव चिह्न प्रयोग गरेको पाइएमा आचारसंहिता प्रतिकूल हुने आयोगले उल्लेख गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०