nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विमोचन भयो थाहा कला केन्द्रको परिचय गित

News1111-1503487108.jpg

थाहा कला केन्द्रको परिचय गीतको मकवानपुरको थाहानगरमा एक समारोहकाबीच विमोचन गरिएको छ । थाहानगरको विकास घरमा गितको भिडियो नगर प्रमुख लवशेर विष्टले विमोचन गरेका हुन् । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले पर्दामा भिडियो बजाएर विमोचन गगरेका हुन् । 
थाहा नगरपालिकाका प्रमुख विष्टको प्रमुख आतिथ्यता तथा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरका उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्य रहेको थियो ।

नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विष्टले थाहा कला केन्द्रको कार्यको प्रशंसा गर्दै कला केन्द्रले मकवानपुर स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल आयोजना गरि आफ्नो नामलाई विभिन्न स्थानमा फैलाउन समेत सफलकोमा धन्यवाद दिए ।

प्रमुख विष्टले थाहा कला केन्द्रको कामप्रति आफू सँधै सकारात्मक रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट सँधै सहयोग हुने बताए । कला केन्द्रले सामाजिक सचेतनामुलक चलचित्र निर्माण गर्न लागेको कला केन्द्रका  अध्यक्ष मुक्तानले जानकारी गराए । बृहत सोचका अनुसार बर्तमान समयका देखा परेका समाजिक समस्याहरु उल्लेख गरि समाज सामाजिक सचेतनामुलक चलचित्र निर्माण गर्न लागिएको बार्यक्रमको अवसरमा उनले जानकारी दिए । कला केन्द्रले लुकेर बसेका प्रतिभालाई उजागर गर्न भन्दै १ हप्ते अभिनय तालिम समेत सञ्चालन गरिरहेको छ । ७ भदौमा तालिमको सामापन गरिने भएको छ ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख उप प्रमुख सञ्चार कर्मी, कलाकार, गायक, पत्रकार लगायतको सहभागिता रहेको थियो । सो अवसरमा नगरप्रमुख विष्टलाई थाहा कला केन्द्रले संचालन गर्ने कार्यक्रममा सहयोग गरिदिन अनुरोध गर्दै प्रस्तावनापत्र पनि दिइएको छ ।