nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तेरियालाई ‘झलक दिखला जा’को उपाधि

नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतिस्पर्धा उपाधि कब्जा गरेकी छिन् । रुपन्देही रुद्रपुरकी १४ वर्षे तेरियाले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि जीतेकी हुन् । फाइनलमा नृत्यसंगै एसएमएस भोटद्धारा विजेता छानिएको हो । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी हुन् ।

तेरियाको औपचारिक जीतको घोषणा भने शनिबार राति १० बजेपछि कलर्स टिभिमार्फत गरिनेछ । तर, शुक्रबार अपरान्ह नै एसएमएस भोटको नतिजा निस्केको र आयोजकले उपाधि जीतेको औपचारिक जानाकारी आफुलाई गराएको मुम्मईमा रहेकी तेरियाले हजुरबुबा कृष्ण फौजामगरलाई फोनमार्फत जानाकारी दिएकी छिन् । जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाएको पनि हजुरबुवाले जनाए । हजुरबुवा कृष्ण तेरिया मगर फाउण्डेशनका अध्यक्ष हुन् । उनले नै ‘तेरिया जीताऔं अभियान’ चलाएका थिए । उनले नै तेरियालाई तीन वर्षअघिसम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढाबाट बुटवलमा दिनहुँ नृत्य सिकाउन ल्याएर नृत्य क्षेत्रमा लगाएका थिए ।

नातिनीको जीतको खबरसंगै उनी र तेरियाका उनका समर्थकहरुले खुसी साटासाट गर्न थालेका छन् । फाउण्डेशनका उपाध्यक्ष तथा बागेश्वरी संगीतालय बुटवलका निर्देशक सुरेश सेन्चुरीले बुटवलबाट डान्स करियर सुरु गरेकी तेरियाको जीतले नेपाली प्रतिभालाई पुन विश्वमाझ चिनाएको बताए । डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वाधिक पुरस्कार राशीको हो । जीतसंगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार उपहार पाउने छिन् । सन् २०१४ को जी टिभिको ‘डिआइडीमा’ ४० हजार प्रतिश्पर्धीलाई पछाडि पारेकी तेरिया डिआइडी विजेताको तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला–पुरुष डान्स सेलीब्रटी छनोट भएका थिए । टेरियासहित ५ जना जुनियरलाई भने अक्टुवर ८ मा च्यालेन्जरका रुपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रुपमा प्रवेश पाएकामध्ये तेरियामात्रै फाइनलमा पुगेकी थिइन् ।

फाइनलमा उनले ‘डिआइडी’ सिजन १ का विजेता तथा झलक दिखला जाका पूर्व विजेता सलमान युसुफ खान र वर्ल्ड हिपहपका च्याम्पीयनसीपका विजेता सानतनु महेश्वरीसंग प्रतिश्पर्धा गरेकी थिइन् । फाइनलमा रहेका तीन जनामध्ये नृत्यमा तेरिया अगाडि थिइन् । गत शनिबारको एपिसोडमा पनि उनले निर्णायकको तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । ‘भोटमा समेत सबैलाई जितिन्’ हजुरबुवा कृष्णले भने, ‘नेपाली चेलीले यति ठूलो टर्फी उचाल्ने भइन् ।’ डिआइडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् । यसबाट प्रभावित स्वदेशी तथा विदेशमा रहेका नेपालीले ‘तेरिया जीताऔं अभियान’ सहित देशविदेशमा एसएमएस तथा इमेल भोट अभियान चलाएको थियो ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg