Wednesday, 19th August, 2026
वि.स.

राजु बिरहिले ल्याए अहिले सम्मकै फरक दोहोरी गित (हेर्नुहाेस् भिडियो सहित)

लोक गितको फाँटमा करिब एक दशक देखि निरन्तर लागि परेका मकवानपुरे  बहुप्रतिभाशाली गायक "राजु बिरही" र मकवानपुरकै नव गायिका मन्दिरा देबकोटा "प्रकृती"ले यस पटक भने कदम छाया बोलको काँठे दोहोरी गित  बजारमा ल्याएका छन। 

यसअघि   धेरै पश्चिमि दोहोरी गित सार्वजनिक गर्ने राजु बिरहीको काँठे दोहोरी गित भने यो पहिलो नै हो । आफ्नो मौलिक कला अनि संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले तयार पारेको उक्त काँठे दोहोरी  गितमा आवाज पनि राजु बिरही र मन्दिरा देबकोटा प्रकृतिको नै रहेको छ भने शब्द रसंगीत पनि राजु बिरही स्वयंले नै गरेकाछन् । विशेष काँठे दोहोरी गित प्रति मोह हुनेले एक चोटी हेर्नै पर्ने गित "कदम छायाँ.."मा अभिनय पनि राजु बिरही र अहिलेकि चर्चित मोडल अन्जलि अधिकारीको  रहेको छ।

गायत्री थापाले निर्देशन गरेको उक्त भिडियोमा करन चैसिरले क्यामेरा कैद गरेका छन भने अहिलेका ब्यस्त निर्देशक रबिन थापाले कोरियोग्राफ गरेका हुन र प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन। उक्त गित शिव दर्शन फिल्मस मार्फत बजारमा सार्बजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो :

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif