nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मिस हिमालय नेपालको अडिसन सुरु

मिस हिमालय नेपाल २०१८ को प्रथम अडिसन प्रदेश नं ३ को राजधानी हेटौंडाबाट सुरु भएको छ । कथा इभेन्टस् को आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो चरणका लागि हेटौंडाबाट ४ जना छनोट हुनुभएको छ । हेटौंडा अडिसनबाट रिजा महर्जन , रोशनी तामाङ , अंजली रसाइली र अघिल्लो चरणको लागि छनौट हुनुभएको छ ।

हेटौंडाको होटल लिडो इनमा भएको अडिसनलाई स्थानीय आयोजकको रुपमा नवक्षितिज कला केन्द्रले व्यवस्थापन गरेको थियो । हेटौंडा अडिसनमा उल्लेख रुपमा प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।

देशका विभिन्न ८ सहरहरुको अडिसनबाट प्रतियोगीहरु छनौट गरि दोश्रो चरणको लागी काठमाडौ लैजान तयारी आयोजकको रहेको छ ।
मिस हिमालयको ग्राण्ड फिनाली भद्र ९ गते काठमाडौमा हुनेछ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)