nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

श्रीमानबिना एक्लै बजार गएको भन्दै महिलाको टाउको छिनालियो

muslim-mahila-1483241379.jpg

पतिलाई नलिईकन बजार जाँदा महिलाले के परिणाम भोग्नुपर्ला ? अफगानिस्तानमा एक्लै बजार गएको आरोपमा एक जना महिलाको टाउको छिनालिएको छ । अफगानिस्तानमा आफ्नो लोग्ने बिना एक्लै घरबाहिर निस्कनुलाई अपराध मानिन्छ र त्यसो गर्ने महिलालाई गम्भीर सजाय दिने गरिन्छ ।

र, अहिले सोही आरोपमा एक महिलाको शीर छेदन गरिएको छ । अफगानिस्तनको सर ए पुल प्रान्तस्थित लट्टी बजार नजिकको एक गाउँकी महिलाको हतियारधारी समूहले टाउको छिनालिदिएका हुन् ।

तालिवानको आधिपत्य रहेको उक्त ठाउँकी ३० वर्षीया ती महिला लोग्नेबिना बजार गएकी थिइन् । ती महिलाका पति इरानमा बस्दै आएका छन् र उनीहरुका सन्तान पनि छैनन् ।

सोही कारण उनी बाध्यताबस एक्लै बजार गएकी थिइन् । तर तालिवानी शासनका अनुसार त्यहाँ महिलाहरु आफ्नो लोग्ने तथा परिवारका अन्य पुरुष सदस्यबिना घर बाहिर निस्किन पाउँदैनन् । स्मरण रहोस्, यहीँ वर्ष दक्षिणी कान्दाहारको एक विमानस्थलमा काम गर्ने ५ महिलालाई तालिवानले गोली हानी मारेको थियो । तालिवानले महिलाहरुले जागिर गर्नमा समेत रोक लगाएको छ ।



muslim-mahila-1483241388.jpg