nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लकडाउनको समय सहकारीका सदस्यको सेवामा समर्पित
नवराज बिष्ट

नमस्कार, मेरो नाम नवराज बिष्ट हो ।
मेरो स्थायी घर थाहा नगरपालिका हो । म बिगत ११ वर्षदेखि ललितपुर जिल्लामा बस्दै आएको छु । अहिले म मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष छु । यो सहकारी पनि यहिँ छ । मेरो नेतृत्वमा संस्थाका अन्य कुशल संचालक साथीहरुसंग मिलेर स्थापना भएदेखि नै सफलता पुर्वक संस्था संचालन भइरहेको छ ।

अहिले बिश्व भरिनै फैलिएको कोरोना भाइरस (काभिड–१९) ले विश्वलाई नै उच्च जोखिमा पारिरहेको अवस्था छ । यस पृथ्वीमा मानिसलाई सर्वश्रेष्ठ प्राण्ीा भनिएको छ तर पनि मानिसले नै यस भाइरससंग बँच्न र भाइरसको कुनै पनि औँषधी बनाउन सकेको छैन । यसबाट बच्न एउटै उपाय छ त्यो हो भिडभाडमा नजाने घरमै बस्ने र सामाजिक दुरी कायम गर्ने हो । त्यसैले नेपाल सरकारले अहिले लकडाउन गरि रहेको छ । लकडाउनका बेला घरबाट बाहिर निस्किन मिल्दैन । आफ्नो स्वास्थ अवस्थालाई हेरी बाहिर निस्कनु पनि हुँदैन । सबैलाई यस लकडाउनले आफ्नो ब्यतिगत जीवनमा धेरै परिवर्तन आएको होला । यसमा मेरो पनि दिन चर्यामा धेरै परिवर्तन आएको छ । तपाईंहरु सबै घरमै बसिरहनु भएको होला तर मेरो दिनचर्या भने हाम्रो सहकरीका सदस्यहरुको सेवामा नै छ ।

यस्तो भयावह अवस्थामा पनि सदस्यहरुको लागि दैनिक कार्यालय बिहान १० बजेबाट १ बजेसम्म दैनिक दिनको ३ घन्टा कार्यालय सञ्चालन गरि सदस्यहरुलाई दश हजार रुपियाँदेखि सदस्यको समस्यालाई हेरी आवश्यक रकम उपलब्ध गराइ रहेका छौँ । रेमिटान्स सेवा पनि प्रदान गरिरहेका छौँ । सदस्यको समस्यालाई विश्लेषण गरेर कार्यालयसम्म आउन नसक्ने टाढाका सदस्यलाई घरमै पु¥याउने व्यवस्था मिलाएको छु । घर दैलो सेवाबाट सदस्यहरु खुशी भएका छन। त्यसैले मैले सदस्यहरुलाई घर मै बस्नु र कुनै समस्या परेमा सम्पर्क गर्नु भनिरहेको छु । 

कोरोना भाइरसले विश्वको अर्थतन्त्र तहस नहस बनाइ रहेको छ । नेपालको अर्थतन्त्र पनि तहस नहस भै सकेको अवस्थामा हाम्रो सहकरी क्षेत्रमा पनि समस्या आउने देखिसकेको छ । बिश्वलाई नै जोखिम भएको अवस्थामा सम्पुर्णले सहयोग गर्नु पर्ने देखिन्छ। लकडाउन हुँदा घरमै बसेर आफू पनि सुरक्षित बनौ । अरुलाई पनि सुरक्षीत राखौं, त्यसैले सोचनुस् त घुमफिर रमाइलो अनि भेटघाट त कोरोना भाइरसबाट बाचिएछ भने पनि गरौला नि, आहिले कोरोना भाइरसबाट बचाऔं, त्यसैले घरभित्रै बसौं है । 

धन्यवाद।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)