nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

'रुदाने : विद्रोहको नेपाली नाम'को टिजर सार्वजनिक

Rudane1632915401-1632989216.jpg

फिल्म 'रुदाने : विद्रोहको नेपाली नाम' को टिजर सार्वजनिक भएको छ । राजनीतिज्ञ रूपचन्द्र विष्टको जीवनीमा आधारित रहेर निर्माण भएको यस फिल्मको टिजरमा पनि रूपचन्द्रको जीवनकथा र उनले प्रतिपादन गरेको 'थाहा' दर्शनलाई देखाउने प्रयास गरिएको छ ।

अमितकिशोर सुवेदी र विकास ढकालले निर्देशन गरेको यस फिल्मको अनुसन्धान तथा लेखन पनि निर्देशकद्वयले नै गरेका हुन् । फिल्ममा दिव्यदेव, नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल, आलोक थामी, नमिता तामाङ, परिक्षितविक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल, आईपी आचार्यको अभिनय छ ।

'दावनल क्रिएसन'ले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् । फिल्ममा भानुभक्त थापा, पदमकेशर कटुवाल र सहदेवप्रसाद सापकोटाको पनि लगानी छ ।

टिजरसँगै निर्माणपक्षले एक विज्ञप्ति पनि जारी गरेको छ । जसमा फिल्मलाई सन् २०२२ को मध्यसम्ममा रिलिज गर्ने उल्लेख गरिएको छ ।

त्यो मात्र होइन, विज्ञप्तिमार्फत फिल्मका बारेमा पनि थप जानकारी गराइएको छ । यस फिल्मले पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ताले चिन्दै नचिनेको रूपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौँ पाटाहरू उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)