nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शम्भु अधिकारीलाई पत्रकारिता पुरस्कार

patrakar-shambhu-1696310749.jpg

थाहा नगरपालिकामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार शम्भु अधिकारीलाई रामचन्द्र खड्का स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पिता रामचन्द्र खड्काको स्मृतिमा पत्रकार सुनिल खड्काले स्थापना गरेको उक्त पुरस्कारबाट यस वर्षका लागि थाहाका क्रियाशील पत्रकार अधिकारीलाई सम्मान गरिएको हो । 

जनमुखी मिडिया प्रालिको निकास साप्ताहिक, रेडियो सन्देश तथा थाहा नेपाल डट कमको वार्षिकोत्सव समारोहबीच १५ असोजमा अधिकारीलाई संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र जनमुखी मिडिया प्रालिका सञ्चालक सुनिल खड्काले सम्मान–पत्र र नगद हस्तान्तरण गरेका थिए । पुरस्कारको राशी रु. ५००० रहेको छ । 

यसअघि अधिकारीले फरक सोचको थाहा पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । 

२०४३ सालमा जन्मिएका अधिकारी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । थाहा नगरबाट प्रकाशित आकर्षण साप्ताहिक, रेडियो पालुङ, शान्तिपुर दैनिक लगायतमा अनुभव संगालेका अधिकारी हाल थाहापाटी डटकमको कार्यकारी सम्पादक रहेका छन् । 

थाहा नगरपालिकाको प्रेस संयोजकको रुपमा कार्यरत अधिकारी नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् । उनी प्रेस सेन्टर थाहाको अध्यक्ष हुन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)