nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बसन्तपुरमा भेटिए थाहाका फोटोग्राफर गणेश विष्ट

ganesh-photo-1692498922.jpg

थाहा नगरपालिकाको विशेष जीवनशैलीका फोटोग्राफी र फोटो पर्दशनीमा भेटिने फोटोग्रफार गणेश विष्ट पछिल्लोपटक काठमाण्डौँस्थित वसन्तपुरमा भेटिएका छन् ।

विश्व फोटोग्राफी दिवसको सन्दर्भमा काठमाण्डौंको बसन्तपुरमा आयोजित ‘तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनीमा उनी भेटिएका हुन् ।  प्रदर्शनीमा फोटोग्राफर गणेश बिष्टले खिचेको दुई बालबालिकालाई अर्को बालकले ठेलामा राखेर गुडाइरहेको तस्विर राखिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आफ्नो रजत वर्षको अवसरमा सिविन नेपालसँग समन्वय गरी फोटो प्रदर्शनी गरेको फोटोग्राफर बिष्टले बताए । २ भदौमा आयोजित उक्त कार्यक्रममा खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरूको फोटो प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनीमा विष्टसहित २५ जना फोटोग्राफरहरुले खिचेका बालबालिकाका रमाइला क्रियाकलापहरु समेटिएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)