nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मिस्टर एण्ड मिस थाहाका लागि ५ जना निर्णायक रहने, चर्चित मोडलहरु पनि आउने

FB_IMG_1694679160259-1694683608.jpg

थ्री बोदर्श फोटोग्राफीको आयोजनामा हुने मिस्टर एण्ड मिस थाहा सौन्दर्य प्रतियोगिताको  फाइनलमा लोकप्रिय नायक तथा मोडल सलोन बस्नेतसहित पाँच जना निर्णायक रहने टुंगो लागेको छ ।

प्रतियोगिताको फाइनलमा बस्नेतसँगै नृत्य शिक्षक तथा कारियोग्राफर विजयश्याम अमात्य, मोडल तथा कोरियोग्राफर एलिना गुरुङ, नायिका तथा मिस टिन लुम्बिनी सेन्जल पौडेल र फेशनमिया ब्राण्ड एम्बेसेडर सुस्मिता श्रेष्ठ निर्णयकको रुपमा रहने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको फाइनलमा अतिथिको रुपमा चर्चित मोडलहरु पनि आउने भएका छन् । सो अवसरमा मोडलहरु नितिक बर्देवा, बर्बिन तामाङ र सुमन राजपुतको सहभागिता रहने आयोजकले जनाएको छ । 

३० भदौमा जेसीज हलमा प्रतियोगिताको फाइनल हुनेछ । फाइनलमा मिस थाहाका लागि सिम्रन कार्की, निकिता गोपाली, अज्मी बम्जन, सम्झना तामाङ, बिस्मिता गोपाली, प्रिती गोले, रोइसा सुनुवार, रोजिना तामाङ, दिया तामाङ, मञ्जु तामाङ, अमृता कार्की, प्रिती कार्की र श्रीया कार्की प्रतिष्पर्धी रहेका छन् । त्यसैगरी मिस्टर थाहाका लागि सविन विश्वकर्मा, नविन सुनार, पल्लब खत्री, विराज कार्की, ओजस खत्री, दिप्सन खत्री सहित मैदानमा छन् । 

सौन्दर्य प्रतियोगिताबाट मिस र मिस्टर दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ । 


 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)