Saturday, 3rd October, 2026
वि.स.

शिक्षक ठाकुरकाे निधनमा थाहाका विद्यालयहरुमा शाेक सभा गरिने

Screenshot_20240228_18455-1709125320.jpg

 

थाहा नगरपालिका वडा नं. ११ खाप्लुङ स्थित मनकामना आाधारभूत विद्यालयमा  कार्यरत प्रा.वि. द्वितीय श्रेणीका शिक्षक रामपुजन ठाकुरको निधनमा थाहा नगरपालिका शिक्षक महासंघले १७ फाल्गुनमा थाहानगरका विद्यालयहरुमा शोक सभा गर्ने भएकाे छ ।

नेपाल शिक्षक महासंघ  नगर समिति थाहा नगरपालिकाका अध्यक्ष राजाराम कार्की र सचिव गणेशमान श्रेष्ठद्वारा  जारी सुचनामा  शिक्षक ठाकुरको  निधनमा शोक मनाउन लागिएकाे र शाेकपछि विद्यालय बन्द हुने  जनाइएकाे छ ।
 १५ फाल्गुनमा हृदयघातका कारण ठाकुरको निधन भएको हो । यस दु:खद घडीमा मृत आत्माको चिर शान्तिको लागि १७ फाल्गुण विहीबार थाहा नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा विहान १०:०० बजे शोक मनाई पठनपाठन बन्द हुने जानकारी दिइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०