Sunday, 6th September, 2026
वि.स.

हेटौँडाको फोहोर बोक्ने ट्याक्टरमा सालनाल सहितको बच्चाको शव फेला

child-death1-768x543-1668159461.jpg


२०७९ कार्तिक २५ गते   

  हेटौँडामा एकजना भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिकाको ल्यान्डफिल्ड साईड (फोहोर पाल्ने स्थान) मा फोहोर खन्याउने क्रममा नवजात शिशुको शव फेला परेको हो ।

हेटौँडाको बजार क्षेत्रबाट फोहोर संकलन गरेर ल्याईएको ना ४ त २६९८ नंबरको ट्याक्टरमा बोरा भित्र पोको पारिएको अवस्थामा सालनाल सहितको शिसु (बालिका)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फेला पारिएको शिशुको शवलाई पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif