nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशसभाका सभामुख, उपसभामुख सहित पदाधिकारीहरुले कति पाउँछन् सेवा सुविधा ?

Sadan-Bagmati-768x433-1672744850.jpg

       

बागमती प्रदेशसभाका सभामुख, उपसभामुख सहित पदाधिकारीहरुले  प्रदेशसभाका सभामुख, उपसभामुख सहित पदाधिकारीहरुले कति सुविधा पाउँछन् भन्ने जिज्ञासा सबैमा हुन्छ । उनीहरुले प्रदेशसभाका सदस्यहरु भन्दा धेरैखालका सुविधाहरु पाउने छन् । तलब र भत्ता पनि धेरै छ । बागमती प्रदेशका प्रदेशसभा सदस्यले यहि पौष १४ गते पद तथा गोपनीयताको शपथ लिएका छन्। त्यस दिन देखि उनीहरुले तलब र भत्ताहरु पाउने छन् ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ मा प्रदेशसभा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्ष दलको नेता, मुख्य सचेतक, दलको प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतक र समिति सभापतिहरु लगायतका पदाधिकारीहरुले शपथ ग्रहण गरेकै दिनदेखि देहायको सेवा सुविधा पाउने व्यवस्था गरीएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभा सचिवालयका अनुसार पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।सोही व्यवस्था अनुसार सभामुख र उपसभामुखको निर्वाचन पौष २९ गते दिनको ११ बजे गर्ने गरी पौष १८ गते बसेको प्रदेश सभाको बैठकबाट निर्णय भएको छ।

सभामुखले पारीश्रमिक रु ६१ हजार ४८० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्ष दलको नेताले रु ५८ हजार, सत्ता पक्षको मुख्य सचेतक, समितिका सभापति रप्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले रु ५६ हजार ८४० रुपैंयाँ पाउने व्यवस्था रहेको संसद सचिवालयका अधिकृत शिबराम बोहोराले जानकारी दिनुभयो । दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र प्रमुख प्रतिपक्ष दलको सचेतकले रु ५४ हजार ५२० रुपैंयाँ र सदस्यले रु ५२ हजार २०० रुपैयाँ प्रति महिना मासिक पारिश्रमिक पाउने व्यवस्था रहेको छ।

त्यसैगरी उनीहरुले बैठक भत्ता ‍पदाधिकारी र सदस्यले प्रदेश सभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिए वापत प्रति दिन रु १ हजार पाउने बैठक भत्ता पाउने व्यवस्था रहेको छ। निजी सचिवालय कर्मचारी सुविधामा सभामुखले उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारी चालक २ जना, उपसभामुखले शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी २ जना र हलुका सवारी चालक १ जना पाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दलको नेताले शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारी चालक १ जना, सत्ता पक्षको मुख्य सचेतक, समितिका सभापति र प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले नायब सुब्बा १ जना र हलुका सवारी चालक १ जना, दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, प्रमुख प्रतिपक्ष दलको सचेतक, सदस्यले नायब सुब्बा १ जना निजि सचिवालय कर्मचारी सुविधा पाउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

यसैगरी अतिथी सत्कारमा सभामुखले रु १० हजार रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्ष दलको नेताले रु ५ हजार रुपैयाँ, सत्ता पक्षको मुख्य सचेतक, समितिका सभापति, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले रु ४ हजार रुपैयाँ, दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, प्रमुख प्रतिपक्ष दलको सचेतकले रु ३ हजार ५०० रुपैयाँ र सदस्यले रु ३ हजार रुपैयाँ प्रति महिना अतिथी सत्कार खर्च पाउने व्यवस्था रहेको छ।

निजि सचिवालय बन्दोबस्त सुविधा स्‍ सभामुखले रु २ हजार रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्ष दलको नेताले रु १ हजार ७५० रुपैयाँ, सत्ता पक्षको मुख्य सचेतक। समितिका सभापति, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले रु १ हजार ७५० रुपैयाँ, दलका प्रमुख सचेतक, सत्ता पक्ष को सचेतक, प्रमुख प्रतिपक्ष दलको सचेतकले रु १ हजार २०० रुपैयाँ प्रति महिना निजी सचिवालय बन्दोबस्त सुविधा पाउने व्यवस्था रहेको छ।

आवास सुविधामा सभामुखले सरकारी आवास पाउने, उपसभामुखले सरकारी आवास पाउने, प्रमुख प्रतिपक्ष दलको नेता,मुख्य सचेतक, समितिका सभापति, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले रु २५ हजार रुपैयाँ, दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, प्रमुख प्रतिपक्ष दलको सचेतक, सदस्यले रु १५ हजार रुपैयाँ प्रति महिना आवास सुविधा तथा सरकारी आवास पाउने बाहेकका पदाधिकारी र सदस्यले पाँच वर्षको अवधिका एक पटक रु ५० हजार फर्निचर खर्च पाउने व्यवस्था रहेको छ।
सवारी साधन र इन्धन सुविधा  सभास्मुखले सवारी साधन १ वटा सहित सवारी इन्धन प्रति महिना १५० लिटर र त्रैमासिक मोविल १० लिटर पाउने, उपसभामुख, प्रमुख प्रतिपक्ष दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, समितिका सभापति, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले सवारी साधन १ वटा सहित सवारी इन्धन प्रति महिना १२५ लिटर र त्रैमासिक मोविल ५ लिटर पाउने प्रति महिना सवारी साधन सहितको इन्धन सुविधा तथा सवारी साधन र इन्धन सुविधा नपाउने पदाधिकारी र सदस्यले प्रति दिन रु १ हजार बैठकमा भाग लिए वापत यातायात खर्च पाउने व्यवस्था रहेको छ।

सञ्चार,टेलिफोन, इन्टरनेट, पत्रपत्रिका, सुविधा स्‍ सभामुखले रु ५ हजार, उपसभामुखले रु ३ हजार, प्रमुख प्रतिपक्ष दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, समितिका सभापति, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले रु २ हजार रुपैयाँ, दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, प्रमुख प्रतिपक्ष दलको सचेतक, सदस्यले रु १ हजार ५०० रुपैयाँ प्रति महिना सञ्चार सुविधा पाउने व्यवस्था रहेको छ।

धारा, विजुलीमा सभामुखले विल अनुसार, उपसभामुखले विल अनुसार, प्रमुख प्रतिपक्ष दलको नेताले रु २ हजार, सत्ता पक्षको मुख्य सचेतक, समितिका सभापति, प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतक, दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, प्रमुख प्रतिपक्ष दलको सचेतक, सदस्यले रु २ हजार रुपैयाँ प्रति महिना धारा विजुली खर्च पाउने व्यवस्था रहेको छ।

दैनिक तथा भ्रमण खर्चमा प्रदेश सभाको काममा नेपाल भित्र भ्रमण गर्दा सभामुखले रु २ हजार ५०० रुपैयाँ र अन्य पदाधिकारीले रु २ हजार तथा विदेश भ्रमण गर्दा सभामुखले २०० र अन्य पदाधिकारीले रु १७५ अमेरिकन डलर दैनिक भ्रमण भत्ता तथा १० लाख रुपैयाँ बराबर यात्रा विमा प्रिमियम पाउने व्यवस्था छ। चाडपर्व खर्चमा धर्म संस्कृति अनुसार मनाइने चाडपर्व मनाउनको लागि बर्षको एक पटक एक महिनाको पारिश्रमिक बराबरको रकम पाउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)