nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिलो मिस्टर एण्ड मिस थाहा प्रतियोगिता शुरु, प्रथम अडिशन सम्पन्न

ms2-1693066606.jpg

थाहा नगरपालिकामा पहिलोपटक मिस्टर एण्ड मिस थाहा ट्यालेन्ट शो प्रतियोगिता शुरु भएको छ । थ्री बोदर्श फोटोग्राफीले प्रतियोगिताको आयोजना गरेको हो । शनिबार प्रतियोगिताको पहिलो अडिशन सम्पन्न भएको छ । 

आयोजकका अनुसार पहिलो अडिशनमा मिस थाहाका लागि ४५ जना र मिस्टर थाहाको लागि ५ जनाले सहभागिता जनाएका छन् । केही सहभागीहरु शनिबार आउन छुटेकोले केही दिनमा सहभागी संख्या थपिन सक्ने आयोजकले जनाएको छ । 

१० देखि २५  वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी उक्त प्रतियोगिताको प्रथम अडिशन जेसीज हलमा सम्पन्न भएको हो । पालुङ जेसीजले प्रतियोगिताका लागि हल निःशुल्क रुपमा उपलब्ध गराएकाे छ ।

प्रतियोगिताको फाइनल ३० भदौमा हुनेछ । प्रथम अडिशन सम्पन्न भएसँगै सहभागीहरुलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराइने आयोजकले जनाएको छ । फाइनलमा सौन्दर्य प्रतियोगिताबाट दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ । 

फाइनलमा विजेतालाई आकर्षक पुरस्कार रहेको उक्त प्रतियोगिताको निर्णायकहरुमा  विजयश्याम अमात्य, अस्मिता तामाङ र सेन्जल पौडेल रहेका छन् ।

तस्वीरहरु : श्रीकृष्ण श्रेष्ठ/थाहाटाइम्स 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)