Monday, 17th August, 2026
वि.स.

महालक्ष्मी पुरस्कार गिरीलाई 

20171104_142206-1510018490.jpg

महालक्ष्मी विकास बैकले यस बर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७३ चितवनका हांस्य साहित्यकार धनराज गिरीलाई प्रदान गरेको छ । रु २१ हजार १ रुपैया राशी रहेको सो बैंकको १५ औं सहित्य पुरस्कारलाई समारोहका प्रमुख अतिथि डा. तुलसी भट्टराई तथा हेटौंडा शाखाका प्रबन्धक राजेश लामिछानेले हेटौंडामा संयुक्त रुपमा प्रदान गरेका हुन् । 

तत्कालीन यति फाईनान्स लिमिटेडले भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत गर्ने उद्देश्यले २०५९ सालमा १५ हजार राशीको यति फाईनान्स साहित्य पुरस्कार यस बर्ष देख बैंक मर्ज भएर नाम परिवर्तन भएसंगै महालक्ष्मी साहित्य पुरस्कार बनाईएको र यसै बर्ष देखि पुरस्कारको राशीमा बृद्धि गरिएको बैकले बताएको छ ।

कार्यक्रममा बरिष्ठ कवि तीर्थ श्रेष्ठ, राजेश्वरी काफ्ले, साहित्यकार एवम् सञ्चारकर्मी दहाल यज्ञनिधि लगायको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif