Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

भाषण गर्दागर्दै भीमफेदीबाट कसले लखेटे सुरेन्द्र थिकेलाई ? (भिडियोसहित)

भीमफेदी, मकवानपुरको पुरानो सदरमुकाम । अनि सुरेन्द्रराज थिके, त्यहाँका युवा नेता, सामाजिक अभियन्ता । थिके गाउँको विकासका लागि सम्बोधन गर्दैथिए । गाउँका भद्रभलाद्मी र सज्जन रुचि दिएर भाषण सुनिरहेका थिए । तर, थिकेको भाषण नसिकँदै एक हूल युवा आएर उनको सम्बोधन बिथोलिदिए । थिके भाषण नै पूरा नगरी हिँड्नु प¥यो अझ भनौँ भाग्नु प¥यो ।

यो दृश्य क्यामेरामा उतार्ने काम गरेको हो भीमफेदी गाइजले । हेटौँडाका पत्रकार गिरिजा अधिकारीले लेखेको गीत ‘ए, सरकार’को म्युजिक भिडियो भीमफेदी गाइजले युट्युबमा सार्वजनिक गरेको छ । पुष्पन प्रधानले स्वर दिएको गीतमा बेरोजगारी युवा पुस्ताको पीडा समेटिएको छ । युट्युबमा अपलोड गरिएको ४८ घण्टामै गीत १ लाख ३१ हजारले हेरेका छन् ।

गीतमा भीमफेदी गाइजका टिम लिडर निर्मल लामाको निर्देशन छ भने सुरेन्द्र थिके पनि भीमफेदी गाइजको भिडियो, डकुमेन्ट्रीमा देखिन थालेका छन् । 

-पुष्पराज अधिकारी

हेर्नुहोस् भिडियोः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg