Monday, 17th August, 2026
वि.स.

भारतमा हुने अन्तराष्ट्रिय साहित्य सम्मेलनमा थाहाका बिर्खे अञ्जान पनि छनोट

साहित्यलाई बिश्वब्यापीकरण गर्ने र स्रष्टाहरूबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने उद्देशका साथ भारतले आयोजना गर्ने अन्तराष्ट्रिय साहित्य सम्मेलनमा थाहानगरका लक्ष्मण बर्तौला ‘विर्खे अञ्जन’ पनि सहभागी हुने भएकाछन् । सार्क राष्ट्र भित्र रहेका स्रष्टा र तिनका सिर्जना प्रस्ततिकरण हुने उक्त सम्मेलनमा नेपालका स्थापित र चर्चित साहित्यकारहरूलाइ भारतले आमन्त्रण गरेको हो ।

आगामी मङ्सिर ८, ९ र १० गते २०७४ तदानुसार नवम्वर २३, २४, र २५ तारिख २०१७ मा सम्मेलनको आयोजना गरेको हो । कार्यक्रमलाई क्रान्ति धरा मेरठ साहित्य महाकुम्भ , मेरठ लिट्रेचर फेस्टिवल नामाकरण गरिएको छ । विभिन्न भुगोल भित्र बसेर साहित्य र सिर्जनामा समर्पित स्रष्टाले अँगालेका नवीन शैली ,वाद र सिद्धान्त को अन्तर बस्तु र राजनीति अबस्थाले साहित्यमा देखा परेको प्रभाव के कस्तो रहेको छ भन्ने तथ्य उक्त कार्यक्रमलेसार्वजनिक गर्ने सम्मेलनका प्रतिनिधि मण्डलका गोर्खे साइँलोले जानकारी दिए । 

नेपाल भित्र बसेर अनवरत साहित्यमा समर्पित पुर्व मेचीदेखि पश्चिमी महाकालीसम्मका प्रतिनिधि स्रष्टा छनोट गर्ने क्रममा थाहा नगरपालिकाका बिर्खे अञ्जान पनि छनोटमा परेका हुन् । उनका शल्यक्रिया समालोचना कृर्ति र अवसान सपना कविता संग्र्रह साहित्य बजारमा चर्चामा छ । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दे गोर्खे साइलो, अनिता अर्याल नेपाल, केशवराज आमोदी, कृष्णादेवी शर्मा श्रेष्ठ , लोकनाथ बराल, शान्ति अधिकारी ,सिर्जना शर्मा, लक्ष्मीदत्त भट्ट, छविकिरण वली, गंगाा सुवेदी ,राजेन्द्र गुरागाँइ, राधिका गुरागाँइ, मीनकुमार श्रेष्ठ ,सुरेन्द्र आचार्य , नारायकपुर पाठक, सनत रेग्मी, गणेशप्रसाद लाठी, आर आर चौलागाईं, डा घनश्याम परिश्रमी, सच्चिनान्द मिश्र, रघुवीर शर्मा, प्रा डा भीम खतिवडा, डा श्वेता दिप्ती, ऋषवदेव घिमिरे, गोकुल अधिकारी, सुर्यप्रसाद लाकोजु, सुभाष खनाल, मीनराज बसन्त, सुरेन्द्र अस्तफल, सरिता पन्थी , अन्जना पौडेल , अनिता रेग्मी , हिरा परियार , डा श्याम न्यौपाने, भूपेन खड्का, निमेष निखिल, अप्सरा तिमल्सिना ,शिव प्रणत समेत अन्तराष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुँदेछन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif