Monday, 17th August, 2026
वि.स.

बिर्खे अञ्जानको “मुक्तक”

IMGL0235-1566269499.JPG

सन्त पनि सैतान जस्तै गरिदिन्छन् कुरा कैले
पढ्न सबै सकिदैन  जिन्दगीलाई  पूरा  कैले । 
विवेकको बिरूवामा जब लाग्छ आगो हजुर
आफ्नो भन्ने मानिसले रोपिदिन्छ छुरा कैले।

मानिसको  मगजमा  जब  पर्छ  किरा  हजुर
उखु पनि खुर्सानी झैं भन्न थाल्छन् पिरा हजुर।
बिश्वासको बिर्को पनि यस्तो  गरि  बन्द  हुन्छ
पत्याउँदैनन् मुटु टुक्रा  पारे  पनि  चिरा  हजुर।

बिर्खे अञ्जान, पालुङ मकवानपुर 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif