nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कस्तो थियो तानाशाह हिटलरको यौन जीवन ?

hitler-1476763080.jpg

इतिहासका केही क्रूर तानाशाहहरूमध्ये हिटलरको नाम अग्रपंक्तिमा आउँछ । हिटलरले युरोपमा तबाही मच्चाउँदै धेरै यहुदीहरूलाई मारेको कुरा त सबैलाई थाहा छ । तर हिटलरको यौनजीवनका बारेमा पढ्दा आश्चर्यचकित बनाउने तथ्य भेटिन्छन् ।

भतिजीसँग यौन सम्बन्ध
जर्मनीको नाजी पार्टीका सदस्य ओट्टो स्ट्रासरले हिटलर आफ्नी भतिजी अंगेला मारिया गेलीका साथ अवैध सम्बन्ध रहेको आरोप लगाएका थिए । त्यसैगरी उसले भतिजीलाई आफूमाथि मुत्न पनि लगाउँथ्यो भनी उनले आरोप लगाए । सन् १९३१ मा गेलीले आत्महत्या गरेकाले योबारेमा सत्यतथ्य जान्न सकिएन । तर पछि हिटलरले आफ्नो पहिलो प्रेम गेली भएको बताएका थिए ।

अभिनेत्रीहरूसँग सेक्स
जर्मन अभिनेत्री रेनाते मुलरका अनुसार सेक्स गर्दा हिटलरले अचम्मका हरकत देखाउँथ्यो । ऊ घुँडा टेकेर बस्थ्यो अनि मुलरलाई लातैलातले हिर्काउन लगाउँथ्यो । पछि सन् १९३७ मा मुलर झ्यालबाट लडेर मरिन् ।

समलैंगिक ?
संमलैंगिकविरोधीहरूका अनुसार हिटलर र उनका नाजी सेना समलैंगिक थिए । ‘द पिन्क स्वस्तिका’ र ‘द हिडन हिटलर’ जस्ता किताबहरूमा हिटलर समलैंगिक भएको कुरा उल्लेख गरिएको छ ।

बाल यौनशोषण
रूढिवादी क्रािन्तकारी हर्मन राउस्निङले सन् १९३६ मा नाजी सेना छोड्ने बेलामा हिटलरमाथि बच्चाहरूको यौनशोषण गरेको आरोप लगाएका थिए । तर यसको पुष्टि कसैले गरेन ।

वेश्यासँग सम्बन्ध
इतिहासकार एवं हिटलरका जीवनी लेखक इयान केर्शका अनुसार हिटलरले धेरै यौनकर्मीसँग शारीरिक सम्बन्ध राखेको थियो । त्यसका अलावा ऊ अत्यन्तै सानी बच्चीहरूसँग पनि सेक्स गर्न चाहन्थ्यो । उनीहरूलाई पूर्ण नियन्त्रणमा राख्न सजिलो हुने उसको विश्वास थियो ।लाेकान्तरकाे सहयाेगमा