nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg
Anna14-1477380343.jpg

फूलैफूलको चाड तिहार

काग, कुकुर अनि गाईको गाँस बनि
रङ्गीविरङ्गी फूलहरुको साँझ बनि
देउसे अनि भैलेको शान बनि
कलाकारका मीठा गान बनि
गुलिया अनि मीठा परिकार सँगै
झिलीमिली बत्तिको उज्यालो बनि
व्यङ्ग्यकारको सिस्नो अनि पानी बनि
नेताहरुमा गाली आनि ताली बनि
कसैमा पीडा त कसैमा खुशी बनि 
घर अनि दैलोमा आइपुग्यो तिहार । 

गैह्री खेतमा पाकेका धानी बाली
आली आलीमा फूलेका सयपत्री र मखमली
कति सुन्दर आहा ! कति रमाइलो
फूलहरुमाझ भुनभुन गर्दै रम्ने भमरा 
घरका भित्ताहरुको नयाँ रंग बनि 
सात रंगको रंगीन पर्व बनि 
कतै अवसर त कतै चुनौति बनि
कतै खुशी त कतै रोदन बनि 
प्रत्येक वर्षझैं यसपटक पनि
घर अनि दैलोमा आइपुग्यो तिहार । 

दिदी बहिनी अनि दाजुभाइमा 
स्नेह अनि प्रेमको रंग भर्दै
सारङ्गी अनि मादलुको आवाजसँगै
बर्षदिन बितेको पत्तै नपाई
फेरि पनि आयो तिहार । 

-आन्ना ढुङ्गेल "नीता" 
२०७३ कार्तिक ८