nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शोक न सुर्ताको सरकार !
सन्तोष ढुंगाना

राष्ट्रिपतिको सवारी विदेश भ्रमण हुन्दा सार्बजनिक बिदा दिनु, उत्सव मनाउनु त नराम्रोको विषय त हैन १ देशका कर्णधार भावीसन्तति विद्यार्थीको सपनालाई अँध्यारोमा पार्नु यो त पक्कै पनि राम्रो विषयको त हैन नि ?

राष्ट्र सेवामा तैनाथ खटिएका सुरक्षा बल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लोक सेवा, शिक्षा आयोग, गैरसरकारी सस्था आदिमा काम गर्नेलाई त खुशी तुल्यायो केही चटारोको विषय बनेन र खुल्ला आकाशमा रात बिताउन अझै नेपाली भुकम्प पीडितले छानो नपाइ रहेको अवस्थामा ती गरिब नेपालीको हालत के होला रु गरिब नेपाली जनताले कसरी जोड्ने हातमुख ?

अहिले राष्ट्रिपति भारत भ्रमण जाँदा २ दिन बिदा गरेर दुर्गम गाउँबाट सरकारी कामको लागि सदरमुकाम आउने गरिब जनताको मार्का यहाँ कसले बुझ्ने  ?

त्रिशुलीको किनारमा वालुवा चाल्ने र नेपालको राजधानी काठमाडौंमा ठुला ठुला भवन निर्माणको कार्यमा नोकरी गरि दिन रात गुजारा चलाउने नेपालीलाई फेरि थपिने भो हरेक नेपालीको थाप्लोमा ऋणको भार ।

राष्ट्रपति भ्रमणमा जाँदा वा भ्रमणबाट फर्किदा सम्मान गर्नु स्वभाविक भएपनि देशमै शोक मनाए जस्तो गरि सार्वजनिक विदा गर्नु उपयुक्त होला कि नहोला सरकाररु