nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेश सरकारको एक मात्र बाख्रा विकास फार्म, चित्लाङ्गको परिचय र महत्व
-डा. बबलु ठाकुर

Bablu-thakur-1643186818.jpg

बि.स. २००१ सालमा भेडा विकास फार्मको रुपमा स्थापना भई निकै आरोह अवरोध पार गर्दै हाल प्रदेश सरकार, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश अन्तर्गत रहेको ३०५ रोपनीमा फैलिएको यो बाख्रा विकास फार्म, समुन्द्री सतहवाट करिव १८०० मिटर को उचाईमा मकवानपुर जिल्लाको थाहा नगरपालिका-१० र ईन्द्रसरोवर गाउँपालिका-१ मा अवस्थित छ।

साविकको भेडा विकास फार्मको पुरानो पहिचानलाई स्थापित गर्ने उदेश्यले भेडा हटाईएको दुई दशक पछी गत आ.ब. २०७७र७८ देखि पुनस् भेडा ल्याएर फार्ममा भेडापालन सुरु गरिएको छ।

यस फार्मको मूख्य उदेश्य स्थानीय खरि जातको बाख्राको अनुबांशिक गुण संरक्षण गर्नु, अमेरिकावाट आयातित सानेन जातका दूधालु बाख्रको श्रोत केन्द्रको रुपमा विकास गरि सानेन र खरि बाख्राको प्रजनन बाट जन्मेका उन्नत जातका वर्णशङ्कर पाठा-पाठी कृषकहरुलाई वितरण गर्ने तथा अनुसन्धान, विकास र विस्तार मार्फत प्रविधि हस्तान्तरण गरि परम्परागत तथा व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका कृषकहरुको जिवनस्तर उकास्न उल्लेखनिय टेवा पुर्‍याउनु हो।साविकको भेडा विकास फार्मको पुरानो पहिचानलाई स्थापित गर्ने उदेश्यले भेडा हटाईएको दुई दशक पछी गत आ.ब. २०७७र७८ देखि पुनस् भेडा ल्याएर फार्ममा भेडापालन सुरु गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरवार, काठमाण्डौको २०७६-२०७७ को तथ्यांक अनुसार नेपालमा कुल बाख्राको संख्या १२८११९५३ र कुल खसीरबाख्राको मासु उत्पादन ७५०२३ मेट्रिक टन हो। कुल राष्ट्रिय उत्पादनको १८.३५% अर्थात २३५१२१७ बाख्रा र १३७६८ मेट्रिक टन मासु उत्पादन बागमती प्रदेशमा रहेको छ।कुल मासु उत्पादनमा खसी र बाख्राको मासुको योगदान राष्ट्रियस्तरमा करिव १३.५ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ७ प्रतिशत मात्र रहेको तथ्यांकले बताउँछ।

मुलुक संघियतामा गए पश्चात तीनै तहका सरकार तथा गैह्र सरकारी संस्थाहरुले बाख्रापालनमा आफ्नो भविष्य खोजिरहेका ब्यक्ती तथा फार्महरुलाई सहयोग गर्न तत्पर रहेको देख्न पाईन्छ। बाख्रा पालन व्यवसाय सानो लगानी, सामान्य तथा मध्यम जनशक्त्ति, घाँसमा आधारित र ठुलो बजार माँग भएकोले यो व्यवसाय प्रति अहिलेको अवस्थामा यूवा पिढिको आकर्षण बढदो छ । यो व्यवसायले मानव स्वास्थ्यमा पोषणको सुधारको साथै गरिबि न्यूनिकरणमा महत्व पुर्ण योगदान पुर्‍याएको छ । बाख्राबाट मासुको अलवा दुध, छाला, रौ र प्राङगारिक मल उत्पादन गरि अन्य ब्यवसायको लागी आधार स्रोत वनाउन सकिन्छ ।

यस फार्मले साधारण एवमं व्यवसायिक कृषकहरुलाई बाख्रापालन सम्बन्धी प्राविधिक ज्ञान, सिप र मुल बिउको रुपमा बोका र पाठीहरु उपलब्ध गराउने कार्यको साथै कृषि तथा भेटरिनरी अध्ययनरत विभिन्न विश्वविद्यालय र कलेजहरुका विद्यार्थीहरुकालागि व्यावहारिक शिक्षण केन्द्रको रुपमा कार्य गर्दै कालान्तरमा समाजिक तथा आर्थिक रुपान्तरण गर्न आफ्ना स्वीकृत बार्षिक कार्यक्रमहरु कार्यन्वयन गर्दै आईरहेको छ ।

यस प्रदेशमा उत्पादनका साधनको रुपमा रहेको प्रचुर जमिन र दुई तिहाई उत्पादक शक्तिको रुपमा रहेको किसानलाई जोडेर बाख्रा उत्पादनमा बृद्धि गरी राष्ट्रिय पुँजीको सृजना गर्न र दिगो विकासको भोक अन्त्य, खाद्य र पोषण सुरक्षा जस्ता लक्ष्य प्राप्त गर्न यस फार्मको उल्लेखनिय योगदान रहेको छ।साथ-साथै फार्मले सिजन र कामको प्रकृति अनुसार दैनिक १५ देखि ३० जना सम्म स्थानिय वासिन्दालाई ज्यालादारीमा रोजगारी प्रदान गरेको छ।

प्रदेश सरकारको निति अनुसार कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा सार्वजनिक, निजी साथै सहकारी क्षेत्रको साझेदारी लगानी समुचित रुपमा वृद्धि गरी देशलाई कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिने आवश्यकता र सम्भावना अनुसार यस बाख्रा बिकास फार्म चित्लाङले यस आ.व. २०७६-०७७ देखि यस प्रदेशको १० वटा जिल्लामा संम्वनिधत भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयनमा बाह्य स्रोत समूह गठन गरि सानन तथा खरी बाख्राको श्रोत बिकासमा सहयोग पुर्‍याउन कार्यक्रम संञ्चचालन गरिरहेको छ ।

यसबाट प्रदेशको आर्थिक वृद्धिमा योगदान मात्र नभई समावेशी रुपमा आर्थिक वृद्धिको प्रतिफल कृषकहरुमा पुर्‍याउन सकिने आशा गरिएको छ । प्रदेश सरकारको गहनाको रुपमा रहेको यो फार्म सम्पूर्ण भेडा तथा बाख्रापालक कृषकहरुको लागि व्यवसायिक सफलताको सूत्रधार र उत्प्रेरणाको श्रोत बनोस। जय पशुधन।

लेखक बाख्रा विकास फार्म, चित्लाङ्गको फार्म प्रवन्धक हुनुहुन्छ ।