Dashai-Thaha-Nagar-1728205351.gif
Sunday, 13th October, 2024
वि.स.

हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी

hari-copy-1667544463.jpg
  • विश्वनाथ खरेल

हिन्दू धर्म तथा शास्त्रअनुसार चान्द्रमासको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुईवटा एकादशी पर्छन् । एकादशी व्रती निरोगी हुन्छन् । सुखी र समृद्धशाली हुन्छन् । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छन् । यसर्थ, उनीहरू चोरी, हिंसा, क्रोधबाट पनि टाढा हुन्छन् भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज अनि राष्ट्र शान्त एवं समृद्ध हुन्छ ।

कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । एकादशीमध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिएको हो ।

यसरी हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्छ । तसर्थ, हरि भनेका साक्षात् विष्णु भगवान् हुनुहुन्छ । यसका साथसाथै बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ । उहाँ क्षीर सागरको शेषश्यामा आषाढ शुक्ल एकादशीका दिन शयन गरेका विष्णु भगवान् यही कात्तिक शुक्लपक्षको एकादशीका दिन चार महिनापछि उठ्ने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । मूलतः विष्णु भगवान् स्वप्न अवस्थाबाट जागृत हुने भएकाले यस तिथिलाई हरिबोधिनी एकादशी भनिएको हो । चन्द्रमासअनुसार पनि १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुईवटा एकादशी पर्छन् । यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुन्छन् ।

यी एकादशीको नाम बरुथिनी, मोहिनी, अपरा, निर्जला, योगिनी, हरिशयनी, कामिका, पुत्रदा, अजा, पद्मा, इन्दिरा, पापांकुशा, रमा, हरिबोधिनी, उत्पन्ना, मोक्षदा, सफला, पुत्रदा, षट्तिला, भीमा, विजया, आमलकी, पापमोचनी र कामदा हुन । त्यसैगरी, प्रत्येक तीन÷तीन वर्षको अन्तरालमा एउटा अधिकमास अर्थात् पुरुषोत्तम महिना पर्छ र सो वर्ष १३ महिनाको एक वर्ष मानिन्छ । त्यति बेला दुईवटा एकादशी पद्मिनी र परमा थप हुने भएकाले मलमास परेको सालमा जम्मा २६ वटा एकादशी पर्न आउँछन् । यसरी प्रत्येक एकादशीको आ–आप्mनो अलग नाम र परिचय छ भने सबैको भिन्नाभिन्नै व्रत उपवासको फल तोकिएको पाइन्छ । त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो । यस वर्षको होरिबोधिनी एकादशी कात्तिक १८ गते शुक्रबार पर्न गएको छ ।

क्षीर सागरको शेषश्यामा आषाढ शुक्ल एकादशीका दिन शयन गरेका विष्णु भगवान् यही कात्तिक शुक्लपक्षको एकादशीका दिन चार महिनापछि उठ्ने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो

सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिष्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य १ हजारवटा एकादशीको पुण्य एकै दिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्ति पाइने र सयौं अश्वमेध यज्ञ गरको फलसमेत पाइने हुन्छ । शुक्लपक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो । शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा १ हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ ।

कलियुगमा मानिसको समय निकै थोरै भएकाले हरिबोधिनी एकादशीजस्तो विशेष दिन पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु श्रेयष्कर हुन्छ । यो एकादशीको व्रत बस्नाले पाप नाश, पुण्य वृद्धि र मोक्ष प्राप्ति हुने तथा उपवास बस्नाले हजार अश्वमेध र सय राजसूय यज्ञ गरेको फल प्राप्त हुने विश्वास गरिन्छ । यसका साथसाथै, फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । हरिबोधिनी अर्थात् ठूली एकादशीमा गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्छन् । तुलसीको मठलाई गोबर–माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा पूmलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिंगो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने चलन छ ।

सम्भव भए उपवास गर्नुपर्छ । अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम संकीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ । विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ । अतएवः चतुर्मासमा प्रभावित रहने मांगलिक कार्यको प्रतिबन्ध हरिबोधिनी एकादशीका दिन समाप्त हुन्छ । त्यसैले, आजकै दिनबाट विवाहादि शुभ कार्य पुनः प्रारम्भ हुन्छन् । पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी महात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले १ हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भष्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ भन्ने गरिन्छ । यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जप, तप, स्नान, दान, होमादि गर्छन्, ती सबै अक्षय फलदायक हुन पुग्छन् ।

कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदयभैंm महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ

समग्रमा भन्नुपर्दा एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । विष्णुले छल गरेको सत्य कुरो जब वृन्दाले चाल पाइन् । उनले विष्णुलाई श्राप दिइन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आपूmले गरेको गल्तीलाई स्वीकार गरी तुरुन्तै आप्mनो स्वरूपको दर्शन दिई वृन्दासित भने– ‘तिम्रो शरीर गण्डकी नदीका रूपमा रहनेछ तथा केस तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहनेछौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहनेछौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिनेछ ।’

त्यस दिनदेखि के मान्यता छ भने कात्तिक शुक्ल एकादशीका दिन भगवान् शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ । यस व्रतको प्रभाव मनको दृढ सङ्कल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचारले व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म–संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दै छन् । मानिसलाई भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ, जुन एकादशी अनुष्ठानबाट सम्भव छ ।

एकादशी व्रती निरोगी हुन्छन् । सुखी र समृद्धशाली हुन्छन् । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छन् । यसर्थ, उनीहरू चोरी, हिंसा, क्रोधबाट पनि टाढा हुन्छन् भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज अनि राष्ट्र शान्त एवं समृद्ध हुन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूका लागि जीवनको हृदयभैंm महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ । हरिबोधिनीमा सो तुलसीलाई सङ्कल्पसमेतको अनुष्ठानमा विष्णु भगवानसँग विवाह गराइन्छ । यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ ।

तर, अनौठो चलन चतुर्मासअन्तर्गत विजया दशमी पर्वको एकादशीलाई पापांकुशा तथा गिद्धे एकादशी भनी मासु खाने र खुवाइने गरिन्छ । एकादशी र औंसीमा हिन्दूहरूले मासु खान वर्जित तथा निषेध नै गरिए पनि व्यवहारमा चलाइएको यो मान्यतालाई के हिन्दू धर्मको लचकता वा व्यावहारिक कठिनाइ खुकुलो पार्न पण्डितहरूले आफू खुसी चलाएको कदम मान्ने रु अझै स्पष्ट हुन सकेको छैन ।