Thursday, 20th August, 2026
वि.स.

भारतमा कोरोनाबाट एकैदिन १९५ को मृत्यु, ३९०० नयाँ संक्रमित

varat-1588659949.png

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो ।

सोमबार यो संख्या एक हजार तीन सय ७३ थियो । त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ । त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif