Thursday, 20th August, 2026
वि.स.

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो

america-1588658905.jpg

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।सोमबार २४ हजार ७ सय थपिएसँगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख नाघेको हो ।त्यस्तै, अमेरिकामा मृतकको संख्या ६९ हजार ९२१ पुगेको छ । विगत २४ घण्टामा मात्रै त्यहाँ कोरोनाबाट १ हजार ३२४ जनाले ज्यान गुमाएका छन् । 

अमेरिकामा उपचारपछि निको हुने संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । मंगलबार बिहानसम्म त्यहाँ १ लाख ८८ हजार व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् ।अमेरिकामा अहिले ९ लाख ५४ हजार संक्रमित उपचाररत छन् । जसमध्ये १६ हजार व्यक्तिको अवस्था गम्भीर रहेको छ ।अमेरिकामा हालसम्म ७४ लाख ६२ हजार बढी व्यक्तिले कोरोना परीक्षण गरिसकेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको यो भाइरसबाट आज बिहानसम्म ३६ लाख ४४ हजार ८ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ११ लाख ९४ हजारले कोरोना जित्दा २ लाख ५२ हजार संक्रमितको भने मृत्यु भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif