Wednesday, 1st July, 2026
वि.स.

कोरोनाले अफ्रिकामा १ लाख ९० हजारसम्मको मृत्यु हुनसक्ने डब्लूएचओ को चेतावनी

corona-in-africa-1588926634.jpg

 विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथामको उपाय सफल नभए यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

डब्लूएचओको एक अध्ययनमा कोरोना भाइरसको महामारीले अफ्रिकामा ठूलो नोक्सानी पु¥याउन सक्ने देखिएको हो । यो अनुमान डब्लूएचओको अफ्रिकाका ४७ मुलुकमा गरिएको विश्लेषणको आधारमा तयार पारिएको हो । अध्ययनका अनुसार, अल्जेरिया, दक्षिण अफ्रिका र म्यानरुनमा कोरोना भाइरस रोकथामको लागि ध्यान नदिएको खण्डमा त्यहाँ कोरोना भाइरसको महामारी फैलिने खतरा बढी देखिएको छ ।

डब्लूएचओले यसअघि नै अफ्रिकाको लागि आगामी दिन निकै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको थियो । अत्यधिक संख्यामा मानिसहरु अस्पतालमा भर्ना भइरहेको कारण अफ्रिकाको स्वास्थ्य सेवा एक चुनौती बन्न सक्ने बताइएको छ । अध्ययनमा अफ्रिकी मुलुकहरुलाई आफ्नो अस्पतालको क्षमता बढाउन सुझाव दिइएको छ ।

गत मार्चमा गरिएको एक अध्ययनका अनुसार, अफ्रिकामा औसतमा १० लाख मानिसका लागि केवल ९ आईसीयू वार्ड रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

स्रोत : बीबीसी



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०