Thursday, 20th August, 2026
वि.स.

बाइडेनको जित अस्वीकार गर्ने मुद्दा अमेरिकाको सर्वोच्चद्वारा खारेज

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरूमा पर्याप्त प्रमाण र आधारहरू नभएको भन्दै शुक्रबार ती मुद्दा खारेज गरिदिएको हो । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । जर्जिया, मिसिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरि अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै उनले विभिन्न राज्यका अदालतहरूमा मुद्दा दायर गरेका थिए । ती अदालतहरूले पनि ट्रम्पको मागलाई अस्वीकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो ।

प्रतिस्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उनले नतिजा अस्वीकार गर्ने संकेत गरेका थिए । सबै अदालतले उनको मागलाई अस्वीकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif