Thursday, 20th August, 2026
वि.स.

कोरोनाविरुद्धको खोप अभियान अमेरिकामा सोमबारदेखि सुरु

vactin-1607839921.jpg

अमेरिकामा सोमबारदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन सुरु गरिने बीबीसीले जनाएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पु¥याइँदैछ ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । उसको खोप पूर्ण हुन दुई वटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।

सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने अपेक्षा गरिएको छ । यसअघि बेलायतमा यो खोपलाई स्वीकृति दिएसँगै खोप लगाउने कार्य सुरु भइसकेको छ भने क्यानडाले पनि स्वीकृति दिइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif