Saturday, 15th August, 2026
वि.स.

हेटौँडामा तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ बिशेष हुने

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाहार’ (कालो अरिंगाल)को हेटौंडामा बिशेष प्रदर्शन हुने भएको छ । हेटौंडाको ॐ चलचित्र हलमा पुस १६ गते शनिबार फिल्मको बिशेष प्रदर्शन गरिने भएको हो । मोफसलामा रहेर तामाङ भाषा सम्बन्धी प्रसारण भैरहेको अनलाईन रेडियो, रेडियो तामसालिङ अनलाईनको आयोजनामा तामाङ चलचित्र प्रदर्शन गर्न लागिएको हो । मकवनपुरमा तामाङ समुदायको बाक्लो बस्ती रहेकोले चलचित्रलाई हेटौंडाको हलमा प्रर्दशन गरे पछी मकवानपुर जिल्लाको गाउ(गाउमा प्रदर्शन गर्ने ग्रेटर तामसालीङ मिडिया प्रालिका प्रबन्ध निर्देशक दिल बहादुर लामाले बताए । चलचित्रको पहुच नपुगेको तामाङ बस्तिमा तामाङ चलचित्रलाई र्पुयाउने अभियान रहेको र तामाङ समुदायमा आफ्नो भाषा, कला, रितिरिवाजबारे प्रचार हुने र संस्कृति संरक्षणमा मद्दत पुग्ने फिल्मका निर्माता तथा कलाकार बिकु थोकरले बताए ।

सबै स्थानमा प्रदर्शन गरे पछी पहिलो पटक हेटौंडामा तामाङ समुदायको बाक्लो बस्ती रहेको स्थानमा बिशेष प्रदर्शन गरिन लागिएको र यहाँका दर्शकले रुचाउनेमा आशावादि रहेको उनले बताए । चलचित्रको यस अघि सर्लाही, ललितपुर, भक्तपुर, काठमाण्डौ, चितवन, बारा, नुवाकोट, ललितपुर लगायतको स्थानमा बिशेष शो सम्पन्न भइसकेको छ । थोकर फिल्मसको ब्यानरमा बनेको चलचित्रलाई शंकर महर्जनले निर्देशन गरेका हुन । चलचित्रमा जंगे लोप्चन, सुनिता लुङबा, बिकु थोकर, सफल दोङ, सुष्मा मोक्तान, पदम दोङ सुनिता दोङ, सिर्जना तामाङ लगायत मकवानपुर कलाकार राधिका स्याङ्तान र दल बहादुर स्याङ्तान कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र प्रदर्शनबाट संकलन भएको रकम रेडियो तामसालीङ अनलाईनको स्तर उन्नतिको लागी सहयोग गरिने चलचित्रका निर्मता बिकु थोकरले बताएको छ ।

दिल तामाङ/हेटौंडा



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif