Sunday, 16th August, 2026
वि.स.
lakhe_YMCOLatTUD-1667545877.jpg

फ्राइडे रिलिजको परम्परा धान्दै आज १८ कात्तिक शुक्रबारबाट देशभर फिल्म ‘लाखे’ प्रदर्शनमा आएको छ ।  आजैबाट रिलिज हुने भनिएको फिल्म ‘मिलन’ले केही साताका लागि रिलिज मिति सारेको कारण ‘लाखे’ ले सिंगल प्रदर्शन अवसर पाएको हो ।

यद्यपि देशभरको फिल्म हल ‘लाखे’ एक्लैले पाएको छैन । किनभने अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ ले पहिलो साता राम्रो ब्यवसाय गर्दै दोस्रो साता पनि धेरै हल ओगट्न सफल भएको छ । 

सम्राट बस्नेतको निर्देशन रहेको ‘लाखे’ सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको फिल्म हो ।

एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको फिल्म डिपी भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०