nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

साहित्यकार बिर्खे अञ्जान चितवनमा सम्मानित हुने

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेर संस्थागत साहित्यको विकासमा निरन्तर लागिरहेका कवि तथा समालोचक बिर्खे अञ्जानलाई चितवनमा सम्मान गर्ने भएको छ । पल्लव साहित्य प्रतिष्ठानको नियमित वार्षिक उत्सवको अवसरमा सम्मान गरिन लागेको विज्ञप्तिमा उल्लेख छ । मुलुक भित्र र बाहिरबाट नेपाली भाषा ,कला र साहित्यमा कलम चलाउँने प्रतिनिधि स्रष्टाको गरिमामय उपस्थिति रहने सो कार्यक्रम गैडाकोट स्थित नारायणी रिसोर्टमा भाद्र २१ गते सम्पन्न हुने कुरा अध्यक्ष गोर्खे साँइलोले जानकारी दिए ।

अवसान सपना कविता सङ्ग्रह ,शल्यक्रिया समालोचना ग्रन्थ प्रकाशित गरिसकेका अञ्जानका कठघरामा देश शिघ्र प्रकाशन हुदै छ । बहु बिधामा कलम चलाउँने बिर्खे अञ्जान पालुङ साहित्य परिषद्को अध्यक्ष समेत हुन्  । पल्लव साहित्य प्रतिष्ठानले भर्खरै मकवानपुर जिल्लामै पहिलो पटक पालुङ साहित्य महोत्सव आयोजना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गतसाल पनि राष्ट्रिय काव्य सम्मेलन सम्पन्न गरेको सन्दर्भमा आगामी दिनमा थाहालाई साहित्य पर्यटनको केन्द्र बनाउँनु पर्ने धारणा बिर्खे अञ्जानको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने पहिलो साहित्यिक व्यक्तित्वको रूपमा चिनारी प्राप्त गरेका अञ्जानको पल्लव साहित्य महाकुभ्भ मेलामा आफ्नो बिशेष प्रस्तुति रहने जानकारी दिए ।

आधा दर्जन भन्दा बढी पुस्तक बिमोचन हुने सो कार्यक्रममा कविता ,गीत ,गजल र साहित्यका विविध विधाको प्रस्तुति रहने कुरा संस्थाको सचिव दिपेन्द्र जोशी निकले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)