Sunday, 16th August, 2026
वि.स.

साहित्यकार बिर्खे अञ्जानलाइ सुभद्रादेवी मदन मुडभरी स्मृति पुरस्कार 

साहित्य संगम मकवानपुरको ४ भदौमा बसेको बैठकको निर्णय अनुसार थाहा नगरपालिकाका कवि/समालोचक बिर्खे अञ्जानलार्इ सुभद्रादेवी मदन मुडभरी स्मृति काब्य पुरस्कार प्रदान गर्ने भएको छ।

हाल अमेरिकामा बसोबास गर्दै आउनु भएको दीपक मुडभरी मित्रले स्थापना गर्नु भएको उक्त पुरस्कारको राशी नगद १० हजार रूपैयाँ रहेको छ। उत्तरी मकवानपुरमा बसोबास गरि बिगत २ दशकदेखि साहित्यमा साधनारथ बिर्खे अञ्जान संस्थागत साहित्यको विकासमा योगदान पुर्याउनुको साथसाथै कविता र समालोचना बिधामा अनुकरणीय योगदान छ । उनको अवसान सपना कविता कृर्ति र शल्यक्रिया समालोचना ग्रथ प्रकाशनमा आएको छ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सबल उपस्थिती जनाउँदै आउनु भएका बिर्खे अञ्जान ग्रामीण क्षेत्रमा रहेर पनि निरन्तर साहित्यमा साधनारथ छन् ।

भदौ ९ गते आयोजना हुन लागेको कार्यक्रममा नगद १० हजार राशीकै मकवानपुरका अर्का कवि श्यामकुमार बानियाँलाई शेषनाथ अधिकारी साहित्य पुरस्कार र साहित्य सन्ध्या सम्मान सानोभाइ बिश्वकर्मा प्रदान गर्न लागेको जानकारी साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०