nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

साना किसान सहकारीद्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न

teej-1567056035.jpg

साना किसान सहकारीको आयोजनामा तिज विशेष कार्यक्रम तथा दर खाने कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । साना किसान सहकारी थाहा नगरपालिका ६ बज्रबाराहीले बुधबार ११ भाद्र हिन्दु नारीहरुको महान चाड तिजको अवसरमा तिज विशेष कार्यक्रम गरेको हो । सहकारीमा आबद्ध भएका महिलाहरुको हितमा सहकारीको अघिल्लो वर्षको साधारण सभामा भएको निर्णय बमोजिम यो वर्ष कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष महेश्वर सुवेदीले जानकारी दिए ।

सहकारीमा हाल १ हजार ३ सय ७ जना सदस्य रहेका छन् भने सहकारीको १ करोड १७ लाख १२ हजार ९ सय शेयरपुजी रहेको छ । सहकारी मार्फत विगतका दिन देखि नै किसानहरुको लागी हाते ट्याक्टर वितरण, ब्याड बोका, आलु ग्रेडिङ, शीत भन्डार निर्माण गरी यस वर्ष देखि सञ्चालनमा, तरकारी संकलन केन्द्र निर्माण, आलु बजारीकरण सम्बन्धि अन्तरक्रिया सञ्चालन, माटो परिक्षण लगायतका कार्यहरु सञ्चालन गरिएको छ ।

समाज मर्यादित हुन महिलामा शिक्षा र सम्पत्तिको अधिकार हुनु पर्छ जसका लागि संविधानले व्यवस्था गरेको अधिकार लिन सबै महिला अघि बढ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख लबशेर विष्टले बताए । यस्तै कार्यक्रममा बोल्दै थाहा नगरपालिका वडा नं ६ का वडाध्यक्ष शशिधर सुवेदीले नक्कली ठुला ठुला गहन किनेर नै सबैले रमाउन सकिने भएकाले बैंकबाट ऋण लिएर महँगो गहना नकिन्ने, घर झगडा र ऋणको भारी बोकी भड्किलो तिज नबनाउन अनुरोध गरे । साथै उनले कार्यक्रम मार्फत महिलाहरुले नै महिलालाई हेप्ने गरेको भन्दै बोक्सीको आरोपमा महिलाले नै महिलालाई हेप्ने प्रवित्ती को अन्त्य गर्न, बहुविवाहमा विरोध गर्न, बाल विवाहको अन्त्यमा जिम्मेवार भै लाग्न सके मात्र सहकारीमा आबद्ध भएको महिला हुँ भनी गर्व गर्न मिल्ने बताए ।

सहकारीका अध्यक्ष महेश्वर सुवेदीको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम थाहा ६ बज्रबाराहिको सुमार्गी ट्रस्टमा सञ्चालन भएको थियो ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।