Saturday, 27th July, 2024
वि.स.

समता काव्य सन्ध्यामा भारतीय कवि

samata-news-banner-1609685278.png

साहित्य, कला र संगीतको उत्थानका लागि २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिवार सन्चालन गर्दै आइ रहेको समता काव्य सन्ध्याको ३३२ औ श्रृङ्खलामा नेपाली भाषी भारतीय कविहरुलाइ ल्याउने भएको छ । आगामि महिना माघ ३ गते पहिलो शनिवार ४ बजे बाट सुरु हुने नेबिको समता काव्य सन्ध्यामा नेपाली भाषी भारतीय अग्रज र अनुज गरि १३ कविहरुले आ–आफ्नो रचना भच्र्युल माध्यम बाट सुनाउने छन् । कविताको अघोषित पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा नेपाली भाषी भारतीय कविहरुलाइ पोयुसापले पहिलो पटक उतार्न लागेको अध्यक्ष मोती भुजेलले बताए । लगातार तिन ओटा समता काव्य सन्ध्यामा नेबिको बिस्कुटले प्रायोजन गर्ने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारका कोषाध्यक्ष अर्जुन अधिकारी र नेबिको बिस्कुटका व्राण्ड म्यानेजर अरुण पौडेल दुबैले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

परापूर्वकालदेखि जनस्तरमा विकसित सम्बन्ध कायम रहेकै अवस्थामा दुई देशका बिचको सीमारेखा विभाजित भयो । भाषा, साहित्य, कला, संस्कृति, रीतिरिवाज, चालचलनमा विभाजन ल्याउन सकेन । भाषिक भूगोलका हिसाबले एउटै सीमारेखाभित्र रहेर दुवैतर्फ नेपाली साहित्यले फल्नेफुल्नेर सुवासित हुने अवसरहरु पाइरह्यो । एक समय थियो छिमेकी देश भारतले नेपाली साहित्यका लागि दरो भरथेग गरेको थियो । त्यसबेला सूर्यविव्रmम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान छिमेकबाटै उदाए । तिनले दिएका देन नेपाली साहित्यले कदापि बिर्सन सक्दैन । यसै गरी लैनसिंह वाङ््देल,रामकृष्ण शर्मा इन्द्रबहादुर राई, लीलबहाद’र क्षेत्री आदि जस्ता प्रतिभा पनि छिमेककै माटोबाट सुवासिए ।

नेपाली भाषा र साहित्यका विविध विधामा बिर्सन नसकिने देन आज पनि ताजा छ । छिमेकका नेपाली भाषासाहित्य साधकहरु आज पनि सव्रिmयतापूर्वक व्रिmयाशील छन् । यो व्रिmयाशीलता आज आएर झन् झाङ्गिएको अवस्थामा छ । तिनै मध्ये राजा पुनियानी, कमला राई , मनोज बोगटी, बालकृष्ण थामी, नितेश राइ, जीविका अश्रु, द्वारिका क्षेत्री, राकेश क्रान्तिकारी, सन्ध्या आचार्य, विशाल सर्घाईँ, रेगन बम्जन, नारायण काफ्ले र प्रणय राईको साधनाको स्वरलाई वारिसम्म सुनाउने जमर्कोे नेपाली भाषी भारतीय कविहरुलाइ कविता वाचन मार्फत सुनाउने प्रयत्न गरेको पोयुसापका साहित्य संयोजक रीता अधिकारीले बताइन् ।  पोयुसापले पोखरा काव्य उत्सव कार्यक्रम मार्फत नेपाली भाषी भारतीय चर्चित साहित्यकारहरुलाई पोखरामा पहिला पनि उपस्थिती गराएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)